पोखरामा सरकारी गाडीमा आगजनी

सागर राज तिमिल्सिना/ पोखरा, २५ वैशाख/पोखरामा आज एक सरकारी गाडीमा आगजनी गरिएको छ । लोकमानसिह कार्कीलाई अख्यितयार दुरुपयोग अनुसन्धान आयोगको अध्यक्षमा नियुक्तीका लागि गरिएको सिफारिसको विरोधमा पोखरामा विद्यार्थी संगठनले जिल्ला शिक्षा कार्यालय, लमजुङको बा १ झ ६१०० नम्बरको गाडीमा आगजनी गरेका हुन् ।

बिहान करिब साढे १० बजे सिर्जनाचोक नजिक उनीहरुले आगजनी गरेका हुन् । आगजनीबाट गाडीका सिटहरु जलेका छन् । ग ३ प ५०६६ नम्बरको स्कुटर चढेर आएका विद्यार्थीहरुले गुडिरहेको गाडी रोकेर
आगजनी गरेपछि लोकमानसिह कार्कीबिरुद्ध नाराबाजीसमेत गर्दै भागेका थिए ।

आगजनी भए लगतै बैंकमा भएको फायर विग्रटले आगो निभाएका कारण सवारीमा ठुलो क्षेती हुनबाट जोगिएको छ । प्रहरीले सवारीलाई अर्को गाडीको सहयोगमा वडा प्रहरी कार्यालय, बैदाममा पु¥याएको छ ।

 

कमेन्टहरु
Loading...