१९ औं सार्क सम्मेलन इस्लामावादमा गर्ने निर्णय सहित पोखरामा सम्पन्न

सागर राज तिमिल्सिना
पोखरा, ४ चैत /पोखरामा सम्पन्न दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को बैठकले आगामी १९औ शिखर सम्मेलन पाकिस्तानको इस्लामावादमा नोभेम्बर ९ र १० मा गर्ने निर्णयका साथ ३७ औ मन्त्रिस्तरीय बैठक सकिएको छ ।

१९ औं सार्क सम्मेलन इस्लामावादमा गर्ने निर्णय सहित पोखरामा सम्पन्न
१९ औं सार्क सम्मेलन इस्लामावादमा गर्ने निर्णय सहित पोखरामा सम्पन्न

बैठक सकिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रधामन्त्री एवम् सो बैठकको अध्यक्षता गर्नुभएका परराष्ट्र मन्त्री कमल थापाले पोखरा बैठक कोशेढुङ्गा भएको दाबी गरे ।

उनले सार्कका आगामी शिखर सम्मेलन हरेक २ वर्षको नोभेम्बर महिनामै गर्ने निर्णय गरेको बताए । सार्क इकोनोमिक भिजन लक्ष्य प्राप्तिको लागि सार्क सदस्य राष्ट्रका गभर्ननरले गर्ने निर्णयको समीक्षा गर्दै अघि बढ्ने निर्णय गरेको बताए । साफ्टा र साफ्टिजलाई प्राथमिकताका साथ बढाउने मन्त्री थापाले जानकारी दिनुभयो । सार्कलाई अझै प्रभावकारी बनाउने गरी स्पष्ट दृष्टिकोणका लागि अघि बढ्न सदस्य राष्ट्रका सहभागी सहमत भएको बताए ।

कमेन्टहरु
Loading...