रुपन्देहीमा गोली प्रहार गरेर एक व्यक्तिको हत्या, ५ लाख लुटपाट

बुटबल, २९ भदौ / रुपन्देहीमा लुटेराले एक व्यक्तिको गोली हानी हत्या गरेर ५ लाख लुटेका छन् ।

आइतबार दिऊसो बैंकबाट रकम लिएर निस्किएका ओमसतिया गाउँपालिका ५ का ३५ बर्षिय महेन्द्र कुर्मीको रोहणी गाउँपालिका ३ मा गोली प्रहरबाट हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

बैंकबाट पैसा निकालेर घरतर्फ जादै गरेका गरेका कुर्मीलाई पच्छाउँदै गएको समूहले गोली हानेर ५ लाख रुपैयाँ लुटेको प्रहरीको भनाई छ । कुर्मीको घटनास्थलमै मृत्यु भएको हो ।

गोली प्रहार गर्ने समूहको खोजी अगाडी बढाएको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...