पोखरा टेकविक हुने

पोखरा २६ माघ– प्राविधिक र ईन्जिनियरीङ बिषय अध्ययनरत बिद्यार्थीकालागि फागुन पहिलो साता पोखरामा प्राविधि सप्ताह हुने भएको छ । राजधानी बाहिर यस्तो कार्यक्रम पोखरामा पहिलो हो ।
राजधानी र मोफसलका प्राविधिक बिद्यार्थीबीचको स्तर समान बनाउने र प्राविधिक ज्ञान सिक्ने र सिकाउने वातावरण बनाउने उद्देश्यसाथ रोबोटिक्स एशोसियशन अफ नेपाल (¥यान) र कारखाना नामक कम्पनीले प्रविधि सप्ताह गर्न लागेको हो ।

‘बिभिन्न प्रबिधिका बिषयमा आफै सिकेर यही केही गर्न सकुन् भन्ने उद्देश्यसाथ कार्यशाला आयोजना गरेका हौ’, ¥यानका महासचिव पबित्र गौतमले भने, ‘प्राविधिक क्षेत्रमा मोफसलका बिद्यार्थीलाई पनि आत्मनिर्भर बनाउनको पनि अर्को उद्देश्य हो । कार्यक्रममा प्रविधिका बिभिन्न क्षेत्रका बिज्ञले बिद्यार्थीलाई ज्ञान दिनेछन ।

फागनु ६ गतेसम्म हुने कार्यशालामा प्राविधिक शिक्षा लिईरहेका छात्रालाई कम्प्युटरमार्फत ईलेक्ट्रोनिक डिभाईस डिजाईन गर्न सिकाईनेछ । त्यसैगरी अन्य सबै बिद्यार्थीकालागि ईलेक्ट्रोनिक डिभाईस डिजाईन तथा रोबोट कन्ट्रोलसम्बन्धि, ईन्जिनियरिङ बिद्यार्थीकालागि माईक्रो कन्ट्रोलर प्रोग्रामिङ गरी स्वचालित रोबोट डिजाईनको ज्ञान दिईनेछ । त्यस्तै कुनैपनि ईलेक्ट्रोनिक डिभाईस र ईन्टरनेटबीच सम्बन्ध बनाउने र डाटा ट्रान्सफर गर्न लगाउने र बिभिन्न प्राविधिक, सफ्टवेयर र हार्डवेयरसम्बन्धि सम्बन्धि ससाना कार्यशालासमेत गरिने गौतमले बताए ।

उनले कार्यशाला पोखराका प्राविधिक शिक्षा लिएका सबै बिद्यार्थीकालागि उपयोगी हुने बताए । उनका अनुसार प्राविधिक ज्ञान लिन चाहनेकालागि निशुल्क परामर्शसमेत दिईनेछ । कार्यशालामा विभिन्न बिद्युतिय उपकरणको प्रयोग गरेर सहभागीलाई प्रयोगात्मक शिक्षा दिईनेछ । विदेशमा बिद्यालयस्तरका बिद्यार्थीकालागि यस्ताप्रकारका कार्यशाला हुने गर्छन । ¥यानले काठमाण्डौमा २ हजार बिद्यार्थीलाई तालिम दिईसकिएको ।

कार्यशालालाई स्थानीय गण्डकी कलेज अफ ईन्जिनियरिङ एण्ड साईन्स, पोखरा ईन्जिनियरिङ कलेज र ला–ग्रान्डी कलेजले सहयोग गर्ने भएका छन । उक्त कार्यशालामा सहभागिताकालागि ¥यानले सबै प्राविधिक र ईन्जिनियरिङ बिद्यार्थीलाई अनुरोध गरेको छ ।

कमेन्टहरु
Loading...