पत्रकार पौडेल कांगे्रस पर्वतबाट प्रदेशका लागि सिफारिस

पोखरा, २१ असोज/नेपाली कांग्रेस पर्वतको क्षेत्र नम्बर १ (क) बाट पत्रकार रमेश पौडेल सर्वसम्मत प्रदेश सांसदका लागि समानुपातिक तर्फ सिफारिस भएका छन् । नेपाली कांगेस पर्वत क्षेत्र नम्बर १ ले पौडेललाई सिफारिस गर्ने निर्णय गरेपछि पौडेललाई सिफारिस गरिएको पर्वत कांग्रेस सभापति खिमप्रसाद भुषालले जानकारी दिए ।

लामो समय पत्रकारीता गरेर लोकतान्त्रिक आन्दोलन लगायत समाज परिवर्तनमा योगदान दिएको व्यक्ति भएकाले उनलाई सिफारिस गरिएको भुषालको प्रतिक्रिया छ ।‘लामो समय पत्रकारीता मार्फत योगदान दिनुभयो, त्यतिको व्यक्तिलाई पाउँदा किन सिफारिस् नगर्ने भन्ने भयो र सिफारिस् गरेका हौं, उनले भने, ‘अपेक्षा छ, केन्द्रले उपयुक्त निर्णय गर्नेछ ।’

नेपाली कांग्रेस निकट पत्रकारको संस्था प्रेस युनियनको निर्वाचित केन्द्रीय उपाध्यक्ष रहेका पौडेल विगत २५ वर्ष देखि निरन्तर पत्रकारितामा सक्रीय छन् । उनी अहिले पोखराको रेडियो बाराहीमा कार्यकारी निर्देशक छन् । त्यसैगरी लामो समय देखि नेपाल टेलिभिजन र गोर्खापत्र दैनिकमा कार्यरत छन् । स्वच्छ छविका पत्रकार पौडेलले टिकट पाएर सांसद बने पर्वतका साथै समग्र प्रदेश नम्बर ४को विकासमा महत्वपूर्ण योगदान दिन सक्ने कांग्रेस पर्वतका सचिव विश्वप्रकास प्रसाई बताउँछन् । पत्रकार पौडेल युनियन अलावा अन्य संगठनका पत्रकारसंग पनि उत्तिकै निकट सम्बन्ध राख्छन् ।

आफूलाई सिफारिस् गरेकामा पर्वत कांग्रेस प्रति आभार प्रकट गर्दै पौडेलले अबसर पाए पर्वतको विकास निर्माण र समग्र प्रदेश नम्बर ४ कै सम्बृद्धिका लागि लागिपर्ने बताए । टिकट नपाएपनि आफू निरन्तर विकास निर्माणका पक्षमा र लोकतन्त्रको पक्षमा लागिरहने उनले प्रष्टाएका छन् । विद्यार्थी जीवन बाटै लोकतन्त्र प्रति आस्थावान पौडेलले कांग्रेसका विभिन्न भातृसंस्थाको विस्तारमा समेत योगदान दिदै आएका छन् ।

कमेन्टहरु
Loading...