आरसिटी र्वाटरफाईनलमा,भारतीय स्ट्राईकर सिललाई रातो कार्ड

पोखरा, ११ माघ/सन्जिव बुढाथोकीले इन्जुरी समयमा गोल गर्दै आरसिटीलाई क्र्वाटरफाईनल प्रवेश गराउँदा पाहुना टोली वार्सी साउथन समिति दश खेलाडीमा रहदै बिहीबार आफनो खेल टुग्याएको छ । एघारौं आहा रारा गोल्डकपको तेस्रो प्रिक्र्वाटर फाईनलमा कृष्ण कुवँरले दिएको लामो क्रसबलाई डिफेन्सको भूमिका निर्वाह गरिरहेका बुढाथोकीले एट्याकिङ लाईनमा रहेर गोलको सम्भव गरे ।

अनमार्क बसेका बुढाथोकीले अफसाईड विट गर्दै सेकेण्ड बार च्यापेर हानेको बलले जाली चुमेपछि आरसिटी १–० गोलको नतिजा निकाल्न सफल रह्यो । भारतीय टोलीले भने गोल अफसाईड भएको भन्दै खेलाडी तथा अफिसियलहरुले रेफ्री र लाईन्सम्यानसँग अपिल गरेका थिए ।
९० मिनेटको दौरानमा आठवटा राम्रा मुभहरु बनाएपनि गोलको खडेरीमा रुमलिरहदाँ कुँवरले दिएको लामो बललाई बुढाथोकीले टर्निङ प्वाईन्ट बनाएका हुन् । उनले गोल गर्नु अघि भारतीय टोलीका स्ट्राईकर प्रियोतोश सिलले दुई पहेलो कार्ड(रातो कार्ड) खाँदै रेफ्री सचिन अमात्यले मैदान बाहिर पठाउनु नै दुर्भाग्य बन्यो । भारतीय टोलीले आरसिटीका गोलकिपर दिलिप क्षत्रीलाई एकपटक मात्रै तनाव सृजना गरे । गोलको सामना गरेपछि हतारिएको पाहुना टोलीका लागि सेन्टरलाईनबाट चलाएको बललाई डिफेन्स सोविक बलले सिधै पोष्टमा प्रहार गरेका थिए । उनको प्रहारलाई दिलिप क्षत्रीले गोल लाईनबाट पन्च गरेर बचाउ गर्दै आरसिटीलाई क्र्वाटरफाईनल प्रवेश गराउन ढुक्क बनाए ।
बिहीबार पोखराको मैदानमा भारतीय टोली निकै कमजोर देखियो । केवल डिफेन्स लाईन अब्बल देखिदाँ मध्यपंक्ति र स्ट्राईकरले बललाई मुभ बनाउने अवसर नै पाएनन् । आरसिटीको हरेक आक्रमणलाई विफल पार्न नै व्यस्त हरेको टोलीले अन्तिममा असफल हुदाँ प्रतियोगिताको केवल अनुभव लिने अवसर मात्रै बन्यो । आरसिटीले आधा घण्टासम्म मुभ बनाउने प्रयास गरिरहदाँ ३६ औं मिनेटमा उत्कृष्ठ प्रहार ग¥यो । अभियोडमले मिलाईदिएको पासलाई डिबक्सभित्रबाट राजकुमार घिसिङले गरेको हेड बल सेभ हुन पुगेको थियो ।
आरसिटीका लागि ३७ औं मिनेटमा अर्को अवसर जु¥यो । भीम दर्लामीको क्रस बल डिबक्सभित्रबाटै दिपेश थापामगरको प्रहार आउट भयो । एकपछि अर्को गोलको आक्रमण बुनिरहेको आरसिटीले पहिलो हाफमा चार र दोस्रो हाफमा पाँच अवसर बनाएको थियो । ४२ औं मिनेटमा माम्बोले मिलाईदिएको पासलाई पनि घिसिङले हानेको बल विपक्षी गोलकिपरको हातैमा पुग्यो । ४५ औं मिनेटमा कृष्ण कुवँरको लङ क्रसबलाई पनि युगलकिशोर राईले पेनाल्टी क्षेत्रबाट हानेको कडा प्रहार क्रसबारमा लागेर बाहिरिएपछि प्रशिक्षक मधु कार्की निकै तनावमा देखिए ।
५२ औं मिनेटमा युगलकिशोर राईल नै दिपेश थापा मगरको पासलाई ‘क्विक’ प्रहार नगर्दा अर्को महत्वपूर्ण अवसर आरसिटीले गुमाउन बाध्य भयो । डिबक्स लाईनमा राईलाई लडाएपछि पाएको फ्रिकिकलाई नै युगल राईले नै हावामा उडाईदिएपछि प्रशिक्षक मधु कार्कीले उनको ठाँउमा नरेश केसीलाई मैदान छिराए । भीम दर्लामीको पासमा पनि दिपेश थापा मगरले एकल रुपमा रहेर हानेको बललाई भारतीय गोलकिपरले पन्च सेभ गरेर एकपछि अर्को आरसिटीको प्रयासलाई विफल तुल्याएका थिए । दर्लामीले नै इन्जुरी समयको पहिलो मिनेटमा हानेको पावर सटलाई पन्च सेभ गरेर संकट टारे । म्यान अफ दि म्याच बुढाथोकीले अफसाईड विटमा गरेपछि भारतीय टोलीले दश खेलाडीमा सीमित रहदैं प्रतियोगिताबाट विदाई लिएको थियो ।
‘गोल अफसाईड थियो । तर रेफ्रीले गोल दिए । जुन नदिनुपर्ने थियो ।’ भारतीय प्रशिक्षक साउबुद्धिन मल्लिकले भने–‘खेल उनीहरुको हाम्रो भन्दा राम्रो हो यद्यपी अफसाईड गोल दिएपछि नतिजा उनीहरुको पक्षमा गयो ।’ उता आरसिटीका प्रशिक्षक मधु कार्कीले भारतीय टोली त्यति उत्कृष्ठ नभएपनि आफना खेलाडीले स्कोरिङ निकाल्दा ढिलाई गरेपछि तनावको अवस्था सामना गर्नुपरेको बताए । आज शुक्रबार आयोजक सहारा क्लबले तेस्रो सफल पोखरा कपको उपविजेता मछिन्द्र क्लबसित खेल्ने छ । सहाराले सरस्वतीबाट एडिभिजन खेलिरहेका अफ्रिकन खेलाडीलाई मैदान उतार्ने सम्भावना रहेको छ ।

कमेन्टहरु
Loading...