पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछाने सहित तीन जना पक्राउ

काठमाडौं, ३० साउन / माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछाने र अन्य दुई जना पक्राउ परेका छन् ।

न्यूज २४ टेलिभिजनको कार्यालयबाट संचारकर्मी रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लामिछानेलाई न्युज २४ को कार्यालयबाटै पक्राउ गरिएको परिसरका प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिए ।

उनले अनुसार पक्राउपछि चितवनबाट आएको प्रहरी टोलीलाई जिम्मा लगाइएको बताए । लामिछानेसँगै सोही टेलिभिजनमा कार्यरत पत्रकार युवराज कँडेल र ओखलढुंगा घर भएकी अस्मिता कार्कीलाई पक्राउ गरेको छ ।

माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा बाहिरिएको भिडियोपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । पुडासैनीले भिडियोमा आफूलाई आत्महत्याका लागि लामिछाने सहित तीन जनाले दुरुत्साहन गरेको आरोप लगाएका छन् ।

कमेन्टहरु
Loading...