राप्रपा राजपा एकता महाधिवेसनमा नयाँ कार्यसमितिका लागि मतगणना हुँदै

७ जेठ, काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीबीचको एकतापछि गठन भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ कार्यसमितिका लागि सोमबार भएको मतदानको गणना आजबाट सुरु हुँदैछ । गणना अहिले बिहान ९ बजेपछि हुने छ ।

७१ जनाको केन्दि्रय समितिको लागि १ सय ४७ जनाले उम्मेदवारी दिएका थिए । मतदानमा २१ सय १४ जना प्रतिनिधिले भाग लिएका थिए । बिहान ९ बजेबाट मतगणना सुरु हुने र बेलुकासम्ममा परिणाम आउने नेताहरुले बताएका छन् ।

राप्रपा र राष्ट्रिय जनशक्ति पार्टीको एकता महाधिवेशनबाट पार्टीको नाम राप्रपा नै राख्ने सहमति भइसकेको छ । अध्यक्षमा सूर्यबहादुर थापासहित ११ सदस्यीय समिति चयन गरेपछि महामन्त्री र कोषाध्यक्ष कार्यसमितिबाट चयन हुनेछ । महामन्त्री र कोषाध्यक्षका लागि पनि एक दर्जनभन्दा बढीको दावेदारी रहेको प्रचार विभागका सहसंयोजक किरण गिरीले जानकारी दिनुभयो ।

– See more at: http://www.onlinekhabar.com/2013/05/73025/#sthash.2sUYF4oK.dpuf

कमेन्टहरु
Loading...