भाट समाज कास्कीद्धारा ४६ विद्यार्थीसंगै भाटप्रतिभाहरु सम्मानित

‘हाम्रो प्रतिवद्धता, सामाजिक सद्भाव एवं भाटबन्धुहरुको एकता’ भन्ने मुख्य नारा सहित भाट समाज नेपाल कास्की जिल्ला कार्य समितिको आयोजनामा पोखरामा एक सम्मान कार्यक्रम गरि कास्की जिल्लाभित्रका पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका, कृस्तिनाच्नेचौर, वेगनास, थुमाकोडाडाँ, कास्कीकोटलगाएतका गाविसहरुका विद्यार्थीहरुलाई सम्मान गरेको छ।सामुदायिक विद्यालयबाट प्रवेशीका परिक्षा उत्तिर्ण विद्यार्थीहरु मोनिका रानाभाट, अमिशा राजभाट, विशाल राजभाट, भूमिका राजभाट, मनोज रानाभाट, सफला रानाभाट, मनिषा रानाभाट, दिनेश रानाभाट, अर्जुन रानाभाट, विशाल रानाभाटलाई सम्मान गरिएको थियो। त्यस्तै कृष्ण रानाभाट, ममता रानाभाट, रमादेवी रानाभाट, तारा रानाभाट, सुशिलबहादुर अधिकारीभाट, झपिन्द्र रानाभाट, सागर अधिकारीभाट, सावित्रा रानाभाट, रामकुमारी रानाभाट, सरोज रानाभाट, दिनेश रानाभाट, अर्जुन रानाभाट, सोनिया रानाभाट, आकाश रानाभाट, नमुना राईभाट, भुवन घिमिरेभाट, केदार रानाभाटलाई सम्मान गरिएको थियो।
त्यसै गरि निजी विद्यालयका तर्फबाट प्रवेशिका परिक्षा उत्तिर्ण विद्यार्थीहरु रन्जित रानाभाट, संगिता रानाभाट, सन्तोष बन्जाराभाट, विकाश रानाभाट, रक्षा रानाभाट, उज्ज्वल रानाभाट, सविन रानाभाट, सम्वद रानाभाट, सुनिल रानाभाट, सन्दिप रानाभाट, रोसन रानाभाट, रोजिना रानाभाट, रन्जना रानाभाट, मुस्कान रानाभाट, सोचना रानाभाट, शान्ति रानाभाट, सफला रानाभाट, शोभा रानाभाट, शिशिरचन्द्र राजभाट, मन्जु रानाभाट, सुजन रानाभाट, सुनिल रानाभाट, सुनिता रानाभाटलाई सम्मान गरिएको थियो। उनिहरुलाई प्रमुख अतिथिलगाएतका अतिथिहरुले अविर, खादा लगाएर सम्मान गरेका थिए।
विग आईकनको चौथो संस्करणकी विजेता मुस्कान रानाभाट र मणिपाल शिक्षण अस्पतालमा कार्यरत डा. सुनिता रानाभाट, भाट समाज कास्कीका वरिष्ठ उपाध्यक्ष वसन्त बन्जराभाट, रमेशबहादुर रानाभाट, महेश रानाभाट, प्रेमबहादुर रानाभाट, दिपक रानाभाट, कमला रानाभाट, हरिबहादुर भाटलगाएत समाजका कृयाकलापमा सक्रिय भाटबन्धुहरुलाई सम्मान गरेको छ।
कार्यक्रमको उद्घाटन गर्दै भाट समाज नेपालका केन्द्रिय अध्यक्ष खड्गबहादुर रानाभाटले आफ्नो जातीको उत्थान एवं पहिचानकोलागि समाजको तर्फबाट सक्दो सहयोग गर्दै आएको वताए। प्रवेशिका परिक्षा नै अन्तिम शिक्षा नभएकोले उच्च शिक्षा अध्ययनमा अझ बढि मेहनत गर्नुपर्ने वताउँदै आफ्नो प्रवेशिका परिक्षाको परिक्षाफल आउँदाको दिन सम्झदै भने,–‘मेरो एसएलसीको परिक्षाफल आउँदा दिनको ३ रुपैयामा सिद्धार्थ राजमार्गमा पर्ने स्याङजाको भालु पहाडमा वाटो खन्दै गरेको थिएँ।’
उनले थपे अहिलेको शिक्षा व्यवहारमुखी भन्दा समय कटाउने माध्यम भएकोमा समेत दुख मानेका थिए। एसएलसीमा प्रथम श्रेणीमा पास हुने विद्यार्थीले पनि आफुले रोजेको विषय पढ्न पाउँदैनन् र पाई हाले पनि ११ र १२ कक्षा मै फेलहुने गरेकोले आफु चिन्तित हुने गरेको वताए।
कार्यक्रमका विशेष अतिथि केन्द्रिय महासचिव देवेन्द्र रानाभाट, केन्द्रिय सल्लाहकार चिनु रानाभाट, राष्ट्रिय खेलकुद परिषद्का उप निर्देशक रिमबहादुर रानाभाट, केन्द्रिय सदस्य राजेन्द्र रानाभाट, बुद्धिबहादुर रानाभाट, पश्चिमाञ्चल क्षेत्रिय समितिका अध्यक्ष तोयबहादुर भट्टराईभाट, सल्लाहकार चन्द्रबहादुर रानाभाट, सचिव यामबहादुर रानाभाट, ले सम्मानित व्यक्तित्वलाई वधाई दिदैं शुभकामना व्यक्त गरेका थिए।
त्यसै गरि कार्यक्रममा सम्मानित व्यक्तिहरु डा. सुनिता रानाभाट, मोनिका रानाभाट, संगिता रानाभाट, रन्जित रानाभाट, विशाल रानाभाट, सुनिल रानाभाट लगाएतले वोलेका थिए। समितिका अध्यक्ष कृष्णराम रानाभाटको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको संचालन सचिव श्रीधर रानाभाटले गरेका थिए भने कार्यक्रमको बारेमा कार्यक्रम संयोजक केशबराज रानाभाटले वोलेका थिए।

कमेन्टहरु
Loading...