पोखरा ६ लाख रकम लुटेर भाग्दै गर्दा एक जना पेस्तोल सहित पक्राउ, दुई फरार

सागर राज तिमिल्सिना
पोखरा २ चैत्र / पोखराको नागढुङ्गा स्थित एक मनीट्रान्फरमा रकम लुटेर भाग्न खोज्ने एक जना पेस्तोल सहित पक्राउ परेको छ । लुटेरा मध्य दुई फरार छन् ।

नागढुङ्गा स्थित सभ्यता मनी ट्रान्परबाट बिहान झण्डै सवा ११ बजे रकम लुटेर भाग्दै गरेका प्रशान्त थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको कास्की प्रहरी प्रवक्ता गुजुसिद्धि ब्रजार्चाले जानकारी दिए । तीन जनाको समुहमा आएका लुटेराले हतियार देखाएर मनी ट्रान्सफरबाट झण्डै ६ लाख रुपैया लुटेका थिए ।

लुटेको रकम र पेस्तोल सहित सुनसर घर भई पोखराको रामबजारमा बस्ने थापालाई स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरेको हो । अन्य दुई जना भाग्न सफल भएको स्थानीले बताउका छन् । अन्यको खाजी भैरहेको प्रहरीले जनाएको छ । लुटेर लैजान लागेको रकम र पेस्तोल सहित पक्राउ गरेको हो ।

कमेन्टहरु
Loading...