फेवाताल बचाउ अभियानमा बुम¥याङ् रेष्टुरेण्ट

पोखरा, ८ भाद्र /प्राकृतिक र मानवीय कारण फेवातालको अस्तित्व नै खतरामा परेको भन्दै बुम¥याङ् रेष्टुरेण्ट लेकसाइड पोखराले फेवा बचाउ अभियानमा सक्रियता देखाएको छ । अभियान स्वरुप शनिवार हाइकिङ् र ¥याफ्टीङ कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा सहभागिहरुले फेवातालको मुहानको अवस्थाका साथै प्राकृतिक रुपले ताललाई पर्दै गएको असरको बारेमा जानकारी लिएका थिए । तालको माथि भागबाट बगेर आउने गिटी बालुवाका कारण तालले प्राकृतिक रुपमा चपेटामा पारेको बताए । साथै वर्षायाममा देखिने जलकुम्भी झारले तालको रुप बिगारेको भन्दै यसलाइ उचित ढङगले व्यवस्थापन गर्नुपर्ने जनाए ।
raftingकार्यक्रमका अभियान्ता गणेश बहादुर भट्टराईले तालको माथिल्लो भागमा गिट्टी, बालुवालाई सहि रुपमा व्यवस्थापन गर्ने हो भने सरकारलाई राजश्व र स्थानीय रुपमा समेत तालको संरक्षणका लागि आम्दानी हुने बताउनुभयो । यति मात्र कार्यान्यन गर्ने हो भने माथिल्लो भागबाट ताललाई पुर्ने काम धेरै हद सम्म हट्ने उहाँको भनाई थियो । पोखराबाट नजिकै रहेका क्षेत्रहरुमा अर्गानीक उत्पादन गरे विषादी खानालाई घटाई स्वास्थ्यलाई समेत फाइदा पुग्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा सहभागि पश्चिमाञ्चल प्रहरी पम्ुख प्रहरी नायव महानिरिक्षक सुरेन्द्र बहादुर शाहले पोखराको सौन्दर्यताको रुपमा रहेको फेवातालको संरक्षणका लागि सरकार र स्थानीयवासीहरु जुट्नुपर्नेमा जोड दिनुभयो ।
माउण्ट अन्नपुर्ण उच्च माविका प्रिन्सिपल रामजी शर्माले फेवातालको अवस्था दयानीय रहेको टिप्पणी गर्नुभयो । फेवातालको आयु बढाउन वृक्षारोपण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । रेवान पोखराका अध्यक्ष गोपि भट्टराईले फेवाको संरक्षण मुहानबाट हुनुपर्ने बताउनुभयो । यस प्रकारको कार्यक्रमले पर्यटन प्रवद्धनमा सघाउ पु¥याउने उहाँको विश्वास थियो ।
भदौरेतामागी गाविसको ठूलाखेतबाट सुरु भएको याफ्टीङ चापाकोट, पुम्दीभूम्दि, सराङकोट र कास्कीकोट गाविस हुदै बाराही मन्दिर आएर सकिएको थियो । हर्पन र खहरे खोलाको पानी फेवातालमा आउने गर्दछ । फेवातालको जलाधार क्षेत्र पश्चासे हो । रेष्टुरेण्टले गत वर्ष पनि विभिन्न सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको थियो ।

कमेन्टहरु
Loading...