प्युठानमा पहिरोले घर पुरिँदा दुई परिवारका ८ जनाको मृत्यु

प्युठान, २१ असार /प्युठानमा पहिरोले घर पुरिँदा दुई परिवारका ८ जनाको मृत्यु भएको छ। बिहान आएको पहिरोले घर पुरिँदा रजवारा–३ नेटाका दुर्गाबहादुर मल्लका एकै परिवारका पाँचजना र पूजा गाविस–३ का हुमबहादुर सुनारका परिवारका तीनजना गरी आठ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पहिरोमा पुरिएर रजवारा ३ नेटाका ४१ वर्षीय दुर्गाबहादुर मल्ल, उनकी श्रीमती ३७ वर्षीया सीता मल्ला, छोरीहरु १० वर्षीया सुशीला मल्ल, चार वर्षीया सिर्जना मल्ल र २ वर्षीया लेखा मल्लको मृत्यु भएको प्रहरीले बताए। बिहान घरभित्र सुतिरहेका बेला घरमाथिबाट झरेको पहिरोले घर पुरिएको थियो। घटनास्थल सदरमुकामबाट ४ घन्टाको दूरीमा पर्छ।

त्यसै गरि प्युठानकै पूजा गाविस–३ मा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। पहिरोले स्थानीय हुमबहादुर सुनारको घर पुरिँदा हुमबहादुरसहित उनकी श्रीमती थसी सुनार र सात वर्षीष छोरी सीमा सुनारको मृत्यु भएको छ।

कमेन्टहरु
Loading...