सयुक्त विद्यार्थी सँगठनद्धारा अनुगमन तिव्र

पोखरा, ५ बैशाख/कास्कीमा क्रियासील विद्यार्थी संगठन अनेरास्ववियू अनेरास्ववियू क्रान्तिकारी ने.वि. सङ्घ अनेरास्ववियू छैठौ अभिभावक सङघ कास्की उपभोक्ता मञ्च कास्कीद्धारा पुस्तक व्यावसायीहरुसँग निजी विद्यालयका पाठ्यपुस्तकमा दश प्रतिशत न्युनतम छुट दिने भनिएको सहमतिअनुसार नभएको भन्दै विद्यार्थी सङगठनद्धारा अनुगमन तिव्र पारीएका छन् ।

अनुमनमा दश प्रतिशत छुट नदिएको भेट्टाएपछि विद्यार्थी सङ्गठनहरुले सयूक्त रुपमा कार्ववाहीका लागी प्रमुख जिल्ला अधिकारीलाई आवहान गरेका छन । उनिहरुलाई कालोवजारी ऐनअन्र्तगत रहि कार्वही कडा भन्दा कडा गरिनुपर्ने विद्यार्थी सङगठनहरुको जोड रहेको सयुक्त विज्ञक्ती मार्फत जनाइएको छ । प्यापसनले आफ्नो सहकारी सहयात्री मार्फत सत्याल पब्लिकेशनद्धारा प्रकाशन गरिएको कपि विद्यार्थीलाई ५० प्रतिशत वढि मुल्यमा किन्न वाध्य वनाएको विद्यार्थी सङगठनहरुको आरोप छ ।

कपि विक्रि वितरण गर्न रोक लगाउनको लागि समेत आवहन गरिएको छ । १ लाख २५ हजार एक मुष्ट रकम लिएर भद्रकाली उच्च मा बि ले पुस्तक बिक्री बितरण गर्न लगाएको प्रति एमाले अखिलले घोर आपत्ती जनाएको छ । अनेरास्ववियू कास्कीका अध्यक्ष हरिवोल गौतमले द्धारा जारी बिज्ञाप्तीमा नेपाल सकरकरको सेवा सुबिधामा प्राप्त गरी यसै मातहत रहेका सामुदायिक बिद्यालय भद्रकालीले अंग्रेजी माध्यमको नाममा अभिभावकहरु संग मनपरी शुल्क लिएको नेपाली माध्यमलाई हटाएको भन्दै अनेरास्ववियुले बिरोध गरेको हो । विद्यालय प्रशाशनले बिद्यार्थीलाइ पुस्तक किन्न आफु अनुकुलको सिमित ठाउँलाई तोकेकोमा विद्यार्थी संगठनको आपत्ती रहेको छ ।

कमेन्टहरु
Loading...