पोखरा विश्वविद्यालय साहित्य समाजमा बस्याल

पोखरा विश्वविद्यालय साहित्य समाजमा एकादेव बस्यालको अध्यक्षतामा नयाँ कार्यसमिति शुक्रबार निर्वाचित गरेको छ । शुक्रबार समाजको दोस्रो वार्षिकोत्सव तथा साधारण सभाबाट समाजको उपाध्यक्षमा गोविन्द खत्री, सचिवमा आभाष भाइ, सहसचिवमा आशिष दनाई र कोषाध्यक्षमा गरिमा पुन सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यसै गरी सदस्यहरुमा विकास त्रिपाठी, हिसव श्रेष्ठ, सूर्य देवकोटा, प्रवेश ढकाल, सदिक्षा रेग्मी, शेखर पोख्रेल, खिमलाल पोख्रेल र कृष्णा बाँस्तोला निर्वाचित भएका छन् । यस अघि पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आयोजित वार्षिकोत्सव समारोहमा बोल्दै प्रमुख अतिथी साहित्यकार कृष्ण उदासीले उत्कृष्ट साहित्य सिर्जनाका लागि साहित्यकारहरुले आफ्नो विश्व दृष्टिकोण बनाउन सक्नुपर्ने आवश्यकता औंल्याए ।
त्यसै गरी विशेष अतिथी पोखरा विश्वविद्यालय मानविकी तथा समाज विज्ञान संकायका डिन प्रा. डा. इन्द्र प्रसाद तिवारीले समाजले साहित्यिक कार्यक्रमसँगै अनुसन्धानात्मक कार्य तर्फ पनि विशेष ध्यान दिनुपर्ने तर्फ ध्यानाकर्षण गराए । कार्यक्रममा गजलकार मन क्षेत्री, आवाज शर्मा, उपप्राध्यापक जीवनाथ सुवेदी, दिपक कुमार श्रेष्ठ, जनसाहित्यिक मञ्च कास्कीका अध्यक्ष सञ्जय शान्ती सुवेदी, इञ्जिनियरिङ्ग साहित्य सञ्जालका अध्यक्ष पत्थरोदास विशालान्त लगायतले नयाँ कार्यसमितिलाई पुरानो कार्यसमितिका गतिविधीहरुमा नविनता थप्ने गरी लाग्न शुभकामना दिए ।
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

कमेन्टहरु
Loading...