प्रेस युनियनलाई थप रकम प्राप्त

पोखरा, १५ कात्तिक ः नेपाल प्रेस युनियन कास्कीले स्थापना गर्न लागेको अक्षयकोषमा सहयोग प्राप्त हुने क्रम जारी रहेको छ । यही क्रममा शुक्रबार पोखराको चिप्लेढुंगाका कपडा ब्यवसायी गर्दै आएका युनियनका शुभेच्छुक विष्णुहरी दाहालले २५ हजार पाँच सय २५ रुपैयाँ प्रदान गरेका छन् । दाहालले सो रकम बराबरको चेक नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बराललाई हस्तान्तरण गरे । नेपाल प्रेस युनियनका केन्द्रिय प्रथम उपाध्यक्ष गंगाधर पराजुलीको विशेष उपस्थितिमा रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । 

लोकतन्त्र र समाजवादप्रति प्रतिबद्ध रहेर कलम चलाउने पत्रकारलाई वार्षिक रुपमा ३३ हजार तीन सय ३३ रुपैयाँको पुरस्कार वाािर्षक रुपमा प्रदान गर्न र संस्थाको सुधारका लागि अक्षयकोष स्थापाना गर्न लागिएको अध्यक्ष बरालले बताए । १० लाख रुपैयाँको कोष पु¥याउने लक्ष्य राखिएकोमा हालसम्म नौ लाख रुपैयाँ प्राप्त भएको र छिटै नै कोष पुरा गरी पुरस्कारको नियमावली बनाएर घोषणासमेत गरिने जानकारी उनले दिए । युनियनको संगठनात्मक विकासका साथै कार्यालय स्थापना गरी मिडिया सेन्टर संचालनको सोच समेत रहेको उनले सुनाए ।

दाता दाहालले नविनतम सोचका साथ युनियनले अक्षयकोष स्थापना गर्न लागेकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा समेत सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए । प्रेस युनियन कास्कीका सचिव माधव रेग्मीले लोकतन्त्र पक्षधर पत्रकारको हितमा स्थापना गर्न लागिएको कोषमा सहयोग गर्न आह्वान गरे ।

कमेन्टहरु
Loading...