इतिहासको गौरवगथामा टेकेर राष्ट्रिय स्वाभिमान कायम राख्नुपर्छ‐ मुख्यमन्त्री गुरुङ

तनहु, ९ कार्तिक/ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले इतिहासको गौरवगथामा टेकेर राष्ट्रिय स्वाभिमानलाई कायम राख्न सक्नुपर्ने बताएका छन् । इतिहासको विभिन्न मोडमा पुर्खाले देशको स्वाभिमानका लागि दिएको बलिदानीकै कारण नेपाल अहिलेसम्म कसैको अधिनमा बस्न नपरेको मुख्यमन्त्री गुरुङको भनाई छ ।

तनहु“ जसपुरमा शिकारी सरदार वंशु गुरुङको शालिक अनावरण गर्दै मुख्यमन्त्री गुरुङले देशको लागि बलिदानी दिने सपुतहरुको सधैं उच्च सम्मान गरिने समेत बताए । मुख्यमन्त्री गुरुङले इतिहासको सही मुल्याङकन आवश्यक रहेको भन्दै नेपालको इतिहासमा समेटिन नसकेका महान सहिदहरु धेरै रहेको बताए ।

‘इतिहासलाई न्याय दिने भनेको इतिहासमा नलेखिएका वीरगथाहरु अब लेखिनुप¥यो, इतिहासमा नसमेटिएका महान व्यक्तिहरुलाई अब समेट्नुप¥यो र सिंगो राष्ट्र र जनताले सम्मान गर्ने ठाउ बनाउनुपर्छ’ ‐ मुख्यमन्त्री गुरुङले भने । इतिहास जित्नेहरुले लेख्छन भन्ने भनाई नेपालको इतिहासमा समेत लागु हुने भन्दै मुख्यमन्त्री गुरुङले बंश गुरुङ जस्ता वीर योद्धाहरु अव इतिहास पानाहरुमा लेखिनुपर्ने बताए ।

इतिहासका महान वीरहरुको सालिकहरु बन्ने काम सकरात्मक भएको बताउदै उनले सालिक मात्र बनाएर उनीहरुको प्रति दायित्व भने पुरा नहुने बताए । प्रदेश सरकारले यस्ता व्यक्तिहरुको ऐतिहासिक महत्वलाई सवैका सामु पु¥याउन र त्यसबाट शिक्षा लिने काम प्रेरित गरिने समेत उनले बताए ।

गण्डकी प्रदेशमा भक्ति थापा, अमरसिंह थापा र सरदार बंश गुरुङजस्ता वीर योद्धाहरु, भानुभक्त आचार्य, लेखनाथ पौडैल जस्ता साहित्यकारहरु र हर्क गुरुङ जस्ता योजनाविदको प्रदेश भएकोले यी सवै स्रष्टालाई प्रदेशले उत्तिकै सम्मान गर्ने उनले बताए । कार्यक्रममा बोल्दै इतिहासविद तथा राष्ट्रिय प्रज्ञा प्रतिष्ठान उपकुलपति डाक्टर जगमान गुरुङले गोर्खा शाह बंशका राजाहरुले तत्कालिन गुरुङहरुको बहादुरी फाइदा लिए पनि इतिहासमा भने उनीहरुको वीरता समेट्न नसकेको बताए ।

विश्वविजय अभियानमा रहेको विट्रिश सम्राज्यको सेनालाई पहिलोपटक सिन्धुली गढीमा बंश गुरुङ नेतृत्वको टोलीले पराजित गरेको उपकुलपति गुरुङको दावी थियो । वंश गुरुङबारे खोज गरेर पहिलो पटक बाहिर ल्याउने पत्रकार तथा नेपाल आदिवासी जनाजाति पत्रकार महासंघ फोनिज अध्यक्ष डण्ड गुरुङले वंशजस्ता वीर सुपुतलाई राष्ट्रले सम्मान गर्नुपर्ने बताए ।

अझै पनि नेपालको इतिहासमा बंश गुरुङ गुमनाम योद्धाकै रुपमा रहेको बताउदै अब लुकेका वा दवाइएका इतिहासबारे खोजी गर्ने समय आएको समेत बताए । वंश गुरुङ स्मृति प्रतिष्ठानले तनहु“ शुक्लागण्डकी नगरपालिका वडा नं १२ जसपुरमा वंश गुरुङको अर्धकदको सालिक निर्माण गरेको हो । वि. स. १८२४ मा सिन्धुली गढीको पौवगढीमा वंश गुरुङ नेतृत्वको टोलीले अंग्रेज सेनालाई पहिलोपटक पराजित गरेको थियो । त्यसपछि अंग्रेज सेनाले नेपालमा आक्रामण प्रयास नगरेको इतिहासकारहरको भनाई छ ।

कमेन्टहरु
Loading...