प्रदेश चारमा १ महानगर, २६ नगरपालिका, ५९ गाउँपालिका (कुन जिल्लामा कति समेत)

पोखरा, २३ चैत/नेपालमा स्थानीय तह पुनर्संरचना पछि ७ सय ४४ वटा स्थानीय तह छन् । सात प्रदेश अन्तरगत प्रदेश नम्बर ४ मा ८६ वटा स्थानीय तह छन् । प्रदेश नम्बर ४ मा एक महानगरपालिका, २६ वटा नगरपालिका र ५९ वटा गाउँपालिका रहेका छन् । यस प्रदेशमा १० जिल्ला सबै र नवलपरासीको केही भाग पर्दछ ।

एउटा पनि उपमहानगर पालिका नपरेको नयाँ संरचना अनुसार सबै भन्दा बढि गोर्खा र स्याङजामा ११ ११ वटा स्थानीय तह छन् । सबै भन्दा कम मनाङमा ४ वटा स्थानीय तह छन् । यो प्रदेशमा सबै भन्दा बढि नगरपालिका स्याङजामा ५ वटा छन् भने सबै भन्दा बढि गाउँ पालिका गोर्खामा ९ वटा रहेका छन् । मुस्ताङ र मनाङमा नगरपालिका छैन ।

कास्कीमा १ महानगरपालिका र ४ वटा गाउँपालिका, गोर्खामा दुई वटा नगरपालिका र ९ गाउँपालिका, लम्जुङमा ४ नगरपालिका र ४ गाउँपालिका, तनहुँमा ४ नगरपालिका र ६ गाउँपालिका, स्याङजामा ५ नगरपालिका र ६ गाउँपालिका, मनाङमा ४ वटा गाउँपालिका,नवलपरासीमा ४ नगरपालिका र ५ गाउँपालिका, म्याग्दीमा १ नगरपालिका र ५ गाउँपालिका, बाग्लुङमा ४ नगरपालिका र ६ गाउँपालिका, मुस्ताङमा ५ वटा गाउँपालिका, पर्वतमा २ नगरपालिका र ५ गाउँपालिका रहेका छन् ।

कमेन्टहरु
Loading...