चैतको तेस्रो साता चौथो हेमजा आलुमहोत्सवको हुने

पोखरा, ६ चैत/विष्णुपादुका क्लव हेमजाको संयोजनमा चैत २१ गते देखि हेमजामा चौथो हेमजा आलु महोत्सव हुने भएको छ । सुन्दर गाउ हेमजा जाऔ आलुका स्वादिष्ट परिकार खाऔ, आलु एक परिकार अनेक भन्ने मुल नारका साथ आयोजना गरिएको महोत्सव चैत २५ गते सम्म चल्ने छ ।

हेमजालाई समग्ररुपमा आर्थिक तथा सामाजिक उत्थानका लागि कृषि पर्यटन, साँस्कृतिक व्यापार व्यवसायिक दृष्टिकोणले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउनुको साथै उत्पादक र उपभोक्ता वीच सिधा सम्पर्क स्थापित गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा १५ वटा आलुका परिकारका स्टल, ५० वटा व्यवसायिक स्टल, २० वटा कृषि प्रविधि प्रदर्शनी , एक वटा सुचना केन्द्र र एक वटा प्राथामिक उपचार केन्द्रको स्टल रहने मुल आयोजक समितिका संयोजक रमेश कार्कीले जानकारी दिए ।

महोत्सवमा आलु तथा ताजा तरकारीहरुको वृहत प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, वाल उद्यान साथै मरुभुमिमा रहने जनावर उटको सवारको व्यवस्था, राष्ट्रिय तथा स्थानिय कलाकारको वेजोड प्रस्तुती, चर्चित हास्य कलाकारहरुको प्रस्तुती, च्याउ प्रदर्शनी, जापानिज सुन्तलाको प्रदर्शनी, सेती नदी ¥याफ्टिड्ड, जिपलाईन फ्लाएर, प्याराग्लाइडिड्ड जस्ता सहासिक खेलहरु समावेश गरिएको हुने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।महोत्सव सम्पन्न गर्नकालागि करिव दश लाख ९० हजार खर्च लाग्ने अनुमान छ । महोत्सवमा २० देखि २५ प्रकारका आलुका परिकार खान पाईने छ ।

 

कमेन्टहरु
Loading...