प्रहरीका मोष्टवान्टेडमा रहेका प्रशान्त प्रक्राउ

पोखरा, २५ माघ/विभिन्न अपराधमा संलग्न रहेको भन्दै प्रहरीको मोष्ट वान्टेड सुचीमा रही फरार प्रशान्त गुरुङ्गलाई कास्की प्रहरीले प्रक्राउ गरेको छ । कास्की पुम्दीभुम्दी गाविस वडा नम्वर ६ घर भई हाल पोखरा १७ विरौटा वस्ने प्रशान्त गुरुङलाई कास्की प्रहरीबाट खटिएको विशेष टोलीले मोटरसाईकल चढी भाग्दै गर्दा गरेको अवस्थामा अन्तर्राष्ट्रिय पर्वतिय संग्रहालय नजिकवाट प्रक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

ज्यान मार्ने उद्योग र हातहतियार खरखजाना मुद्धामा फरार रहेका गुरुङले विभिन्न व्यवसायमा संलग्न मानिसहरुलाई हातहतियार देखाई धम्काउने, टेलीफोन गरी ज्यानै लिने धाक धम्की दिने गरेको भनि प्रहरीमा उजुरी परे पछि प्रहरीले खोजी शुरु गरेको थियो ।

गुरुङ फरार रही लुकी छिपी काठमाण्डौमा बसिरहेको र मोटरसाईकलमा चढी पोखरा आउदा मुख्य राजमार्ग नभै भित्रि गल्लीहरुको प्रयोग गरी आईरहेको अवस्थामा प्रहरीले मोटरसाईकलबाट पीछा गर्दै प्रक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...