वडा प्रहरी कार्यालय बगरबाट महिला थुनुवा फरार

पोखरा, ५ पुस/ पोखराको बडा प्रहरी कार्यालय बगरबाट एक महिला थुनुवा बिहीबार विहान फरार भएकी छिन् । गत मंसिर २४ गते सुन लुट्ने अभियोगमा पक्राउ परेकी झण्डै ४५ वर्षिया विन्दु हरिजन विहान ११ बजे फरार भएकी हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक एवं प्रवत्ता रविन्द्र पौडेलका अनुसार नुहाएर आएकी महिला प्रहरीहरु व्यस्त भएको समयमा कम्पाउण्ड परिसरबाटै फरार भएकी हुन् ।

कमेन्टहरु
Loading...