पोखरामा अत्याधुनिक प्रविधिको प्रयोगशाला सञ्चालनमा ल्याउने


पोखरा, २० मंसिर/पोखरामा नै पहिलो पटक युनाइटेड रेफरेन्स ल्याबरेटोरी (यु.आर.एल) प्रा. लि ले अत्याधुनिक प्रविधिको प्रयोगशाला सञ्चालनमा ल्याउने भएको छ ।पोखराको गिरी कम्प्लेक्स न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबरेटोरी (यु.आर.एल) प्रा. लि ले आफ्नो गुणस्तरिय सेवा सहित यहि मंसिर २३ गते आइतबार विहान ७ बजेदेखि  अत्याधुनिक प्रविधिबाट अन्तराष्ट्रिय स्तरको स्वास्थय परिक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने भएको हो ।
युनाइटेड रेफरेन्स ल्याबरेटोरी (यु.आर.एल) प्रा. लि विगत लामो समय देखि पोखराका विभिन्न निजी अस्पताल, नर्सिङ्गहोम तथा पोलिक्लिनिकमा ल्याब्रोटरी गर्दै आउनुभएका ल्याबविज्ञहरुद्धारा सञ्चालन गरिएको हो ।
प्रा.लि मा क्यान्सर, मुटु, मधुमेह, कलेजो, तथा मृगौला सम्बन्धि सम्पुर्ण रक्तपरिक्षण गरिन्छ भने पुस १५ गतेसम्म मधुमेहको निःशुल्क परिक्षण सञ्चालन गरिने प्रा.लि ले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...