पोखरा- काठमाडौं अत्याधुनिक बस सेवा सुरु, चुरोट खान छुटै कोठा

पोखरा, ३१ चैत /पोखराबाट काठमाडौं र काठमाडौबाट पोखराका लागि अत्याधुनिक सुविधायुक्त बस सञ्चालनमा आएको छ । पोखरा- काठमाडौ पर्यटक बस सञ्चालन गर्दै आएका ९ वटा ट्राभल्स सञ्चालकहरु मिलेर नयाँ बस संचालनमा ल्याएका हुन् । बसमा स्लिपर सिट, मिनिबार, शौचालय र चुरोट सेवन गर्नेका लागि छुटै कोठा रहेको छ ।

अत्याधुनिक सुविधासम्पन्न बसमा २८ वटा स्लीपर सिट रहेका छन् । पोखराबाट बिहान ८ बजे तथा काठमाडौबाट साढे ७ बजे बस छुट्ने सञ्चालक सञ्जयकान्त सिग्देलले जानकारी दिए । उनले अहिले ४ वटा बसबाट सेवा सुरु गरेको बताउदै तीन महिना भित्र ५ वटा थप गरि ९ वटा बसबाट सेवा दिने लक्ष्य रहेको बताए ।

पोखरा- काठमाडौं अत्याधुनिक बस सेवा सुरु, चुरोट खान छुटै कोठा
पोखरा- काठमाडौं अत्याधुनिक बस सेवा सुरु, चुरोट खान छुटै कोठा

उनले पोखरा काठमाडौ सेवा सुरु भई सकेको र केही दिनमा काठमाडौ लुम्बिनी बस सेवा सुरु गर्ने लागेको बताए । बसको भाडादर १७ सय रुपैया रहेको उनले जानकारी दिए । यात्रुले खाना, चिया, कफी, चिसो, कुकिज, पत्रपत्रिका, लगायतको सुविधा प्राप्त गर्ने उनले बताए ।

काठमाडौंबाट एक र पोखराबाट एक गरी दुई वटा बस सञ्चालनमा आउने र यात्रुको माग तथा आवश्यकता अनुसार थप गर्दै लगिने उनको भनाई छ । ट्राभल नेपालले सञ्चालन गरेका ९ वटा बसमा करिब १० करोडको लगानी रहेको उनले बताए ।बिहीबार पोखराबाट काठमाडौ जाने प्यासीन्जरलाई नाटा पोखराका अध्यक्ष दिल गौतमाले खादा लगाएर विदाई गरे ।

कमेन्टहरु
Loading...