पोखरा बजार बन्द

पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको षड्यन्त्र र ढिलासुस्तीलाई दवाब दिने उद्देश्यले विमानस्थल निमार्ण सरोकार समितिको आयोजनामा पोखरा बजार बन्द गरेको छ । विहानबाट नै पोखरामा बजार, कलकारखाना, शैक्षिक सस्था लगाएतका सबै व्यवसाय तथा उद्योगहरु बन्द छन् । पोखराको मुख्य बजार महेन्द्रपुल, पृथ्वीचोक, सृजनाचोक लगाएतका बजार बन्द छ ।

सरोकार समितिले विमानस्थल निमार्णमा भएको षड्यन्त्रको विरुद्ध भण्डाफोर कार्यक्रम गर्दैछ । पोखराको पृथ्वीचोकबाट भण्डाफोर ¥याली निकाल्ने तयारी गरेको छ । पृथ्वीचोकबाट निस्केको ¥याली पोखरा विमान स्थलमा पुगेर भण्डाफोर कार्यक्रममा परिणत हुनेछ । सरोकार समितिले भदौ ७ गते पोखरा बिमानस्थलको सम्पुर्ण हवाई उडान बन्दको घोषण गरी सकेको छ ।

बिमानस्थल निर्माणको लागि आबश्यक रकम उपलब्ध गराउने चिनको एक्जिम वैंकले नेपाल सरकारलाई ऋण सम्झौता प्रक्रिया अगष्ट २० तारिख अर्थात भदौ ४ गतेसम्म टुङ्गो नलगाए ऋण प्रक्रिया रोकिने आसयको पत्र सरकारलाई बुझाईसकेको छ । ३८ वर्ष अगाडि पोखराको छिनेडाँडामा ३१ सय ६ रोपनी जग्गा अधिग्रहण गरिए पनि अहिलेसम्म विमानस्थल बन्न सकेको छैन ।

कमेन्टहरु
Loading...