पोखरा विमानस्थलमा धर्ना, भोलीदेखि सरकारी कार्यालय ठप्प पार्ने

पोखरा, ३० भदौ / पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलका लागि आन्दोलन गरिरहेको नागरिक सरोकार समितिसंग थप १० दिनको समय मागेका छन् । सरोकार समितिलाई पत्र लेखेर मन्त्री बोगटीले १० दिन भित्र सम्झौता गर्छौ भन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन् ।

यस अघि पर्यटनमन्त्रीले मागेको १५ दिनको समय सकिए पछि पोखरामा २८ गते देखि फेरि आन्दोलन शुरु भएको छ । पर्यटनमन्त्रीले समय मागे पछि अब के गर्ने भन्ने निर्णय गर्न सरोकार समितिको बैठक दिउसो एक बजे देखि बस्ने संयोजक कृष्णमोहन श्रेष्ठले बताएका छन् ।

पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि थालिएको नागरिक दवाव अभियान अन्र्तगत सुरु भएको रिले अनसन आज पनि जारी छ । विहान पोखरा विमानस्थल अगाडी पोखरेलीले धर्ना समेत दिए । विहान साढे ९ बजेदेखि १० बजेसम्म आधा घण्टा विमानस्थल अगाडी धर्ना दिएका थिए ।

कमेन्टहरु
Loading...