पोखरा अन्तराष्ट्रिय विमानस्थल दवाव आन्दोलनलाई शसक्त बनाउने तयारी

पोखरा, २२ भदौं /पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको सम्पूर्ण प्रक्रिया पुरागरी काम थाल्नको लागि सरकारले मागेको १५ दिनको समयसीमा नजिकैदाँ गर्दा विमानस्थल निर्माण सरोकार समितिले आन्दालनको तयारीलाई पनि तिव्र पारेको छ ।

भदौ २८ गतेभित्र चिनको सिएमसिइसंग नयाँ सम्झौता सरकारले नगरेमा कस्तो आन्दोलन गर्ने भन्ने बारेमा विभिन्न क्षेत्रसँग राय, सुझाव लिनको लागि सरोकार समितिले शनिबारदेखि तीन दिनसम्म छलफल र अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । पर्यटन मन्त्री पोष्टबहादुर बोगटीले पोखरा विमानस्थलको सम्पूर्ण प्रक्रिया पुरा गरी काम थाल्नेको लागि गत भदौ १४ गते लिखित रुपमा १५ दिनको समय मागेपछि विमानस्थल निर्माणको लागि दवाव दिन थालिएको आन्दोलन सरोकार समितिले स्थगित गरेको थियो ।

सरकारले २८ गतेसम्म सम्पूर्ण प्रक्रिया पुरा नगरे शसक्त आन्दोलन गर्नेगरी समितिले तयारीलाई तिव्र पारेको हो । सरकारले भदौ २८ भित्र काम पुरा नगरे ऋणदाता चिनेको एक्जिम बैंकले सेप्टेम्बर २० भित्र सम्झौत गर्न भनेकोले त्यो भित्र नै प्रक्रिया पुरा गराउन दवाव दिन आन्दोलनको तयारी गरिएको सरोकार समितिल जानकारी दिएको छ । समितिले सबै क्षेत्रलाइ समेटेर आन्दोलनलाई अझ शसक्त बनाउन छलफल सुरु गरेको छ ।

सरोकार समितिले कस्तो आन्दोलन गर्ने बारेमा शनिबार पोखरा र लेखनाथका आमा समुह र सामुदायिक सेवा केन्द्रसँग छलफल गर्र्दैछ । समितिका अनुसार भदौ २४ गते व्यापारीक बस्तुगत संघ संस्था, वित्तिय सस्था र यातायात व्यवसायीसँग अन्तरक्रिया गरिनेछ । भदौ २५ गते महिला समुह, सामाजिक संघ सस्था, अधिकारकर्मी, जनजातीका संघ संस्थासँग र भदौ २६ औद्योगिक, पर्यटन, यातायात मजदुर र टोलविकास संस्थासँग छलफल गर्ने कार्यक्रम तय गरिएको संयोजक कृष्णमोहन श्रेष्ठले जानकारी दिनुभयो । यसअघि समितिले गण्डकी र धौलागिरीका जिल्लाहरुमा पनि छलफल गरिसेकेको छ । श्रेष्ठका अनुसार सबैसँग राय, सुझाव लिइसकेपछि भदौ २६ गते बस्ने सरोकार समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्नेछ ।

आन्दोलनलाई शसक्त बनाउन विभिन्न ३२ वटा समिति गठन गरिएको र ती समितिलाई अनुगमन गर्नको लागि दुई वटा समितिको साथै ९ बुँदे आन्दोलन आचारसंहिता समेत बनाइएको छ । समितिले यदी सरकारले धोका दिएमा पहिले जस्तै आन्दोलनमा लाग्नको लागि तयार रहन पोखरेली लगायत पश्चिमाञ्चलबासीलाई पनि आग्रह गरेको छ । सरोकार समितिले बिहिबार पत्रकारसँग आगामी आन्दोलनको बारेमा छलफल गरेकोमा पत्रकारहरुले राज्यलाई झुकाउने गरी कडा आन्दोलका कार्यक्रम ल्याउन सुझाव दिएका थिए ।

आन्दोलनलाई शसक्त बनाउन अन्तर समिति समन्वय र अनुगमन समितिको संयोजकमा तीर्थ श्रेष्ठ, अन्तर जिल्ला समन्वय समितिको संयोजकमा कृष्णमोहन श्रेष्ठ, सरकारी निकाय समन्वय र जनसम्र्पक समितिको संयोजकमा बासु त्रिपाठी, कार्यक्रम स्थल निर्धारण र व्यवस्थापन समितिको संयोजकमा अग्नी कँडेल, यातायात व्यवसायी समन्वय समितिको संयोजकमा गान्धीराज गिरी, लेखनाथ क्षेत्र समन्वय समितिको संयोजकमा सुमन भट्टराई, विवि तथा क्याम्पस समन्वय समिति संयोजकमा डाक्टर दिलबहादुर क्षेत्री, आदीवासी जनजाती समन्वय समिति संयोजकमा पानबहादुर घर्ती, वित्तिय संस्था तथा बस्तुगत संघ समन्वय समितिको संयोजकमा विन्दुकुमार थापा, पर्यटन सस्था तथा व्यवसायी समन्वय समितिको संयोजकमा सोम थापा, आमा समुह समन्वय समितिको संयोजकमा गोविन्द पहारी, महिला समुह समन्वय समितिको संयोजकमा सुनयना पालिखे, सामुदायिक सेवा केन्द्र समन्वय समिति संयोजकमा सिता गुरुङ, खानेपानी व्यवस्थापन समितिको संयोजकमा बलराम पहारी, सुरक्षा र सम्वन्धित निकाय समिति संयोजकमा कृष्णकुमार गुरुङ, कार्यक्रम तर्जुमा समिति संयोजकमा आनन्दराज मुल्मी रहनु भएको छ ।

यसैगरी अन्तरसमिति समन्वय र अनुगमन समिति संयोजकमा बद्रिविनोद प्रतिक, सचिवालय समन्वय समिति संयोजकमा संजीवबहादुर कोईराला, आर्थिक समन्वय समिति संयोजकमा बसन्त प्रधान, पेशागत संघसंसस्था समन्वय समिति संयोजकमा विश्वप्रकाश लामिछाने,संचारकर्मी र क्षेत्र समन्वय समिति संयोजकमा विप्लव पौडेल, स्वय सेवक समन्वय समिति संयोजक सुमन देवकोटा, नागरिक संस्था र अधिकारकर्मी समन्वय समिति संयोजक सुरेन्द्र थापामगर, सामाजिक संघ सस्था समन्वय समितिको संयोजकमा टिकाराम सापकोटा,साँस्कृतिक तथा झाँकी समन्वय समिति संयोजकमा सुर्य भुजेल, खेल तथा खेलाडी समन्वय समिति संयोजकमा दिपक कोइराला, औद्योगिक, व्यवसायीक मजदुर माईकिङ्ग समितिको संयोजक रुद्र गौतम, यातायात समन्वय समितिको संयोजकमा जीतबहादुर गुरुङ, पर्यटन समन्वय समिति संयोजकमा विष्णु केसी, काठमाडौ सरोकार समन्वय समिति संयोजकमा रामकाजी कोने, उपत्यका संस्था समन्वय समिति संयोजकमा विश्वशंकर पालिखे, टोल विकास संस्था समन्वय समिति संयोजक टोपराज ढुंगाना, माध्यामिक विद्यालय समन्वय समिति संयोजकमा रमाकान्त बराल र मिडिया डेस्क समिति संयोजकमा त्रिभुवन पौडेल रहनु भएको छ ।

कमेन्टहरु
Loading...