पोखरा नगर परिषदको कार्यक्रम लागु गर्ने अधिकृत अधिकारी

पोखरा १, माघ/पोखरा उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत झलकराम अधिकारीले आर्थिक बर्ष २०७०÷०७१ को लागि प्रस्तुत बजेट, निती तथा कार्यक्रम लागु गर्ने प्रतिवद्धता व्यतm गरेका छन । आज आयोजीत पत्रकार सम्मेलनमा अधिकृत अधिकारीले नगरपालीकाले ४१ करोड ९३ लाखका बजेट तथा कार्यक्रम महत्वकांक्षी नभई बैज्ञानिक ढंगबाट ल्याएको बताउदै लागु गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन । नगरपालीकाले राजश्व १० करोड बृद्धि गर्ने लक्ष्य राखेको छ भने जनसहभागिताको योजनालाई प्रथामिकता दिने, उत्कृष्ट वडालाई थप दुई लाख दिने, वडा नम्बर १८ लाई विषेश योजना वापत २५ लाख दिने, सडक मापदण्डविपरित निमार्ण भएका भौतिक संरचना भत्काउन ३० लाख खर्च गरिने, फिर्के खोला अतिक्रमण हटाउन यसै बर्ष देखि थालनी गरीने, एडिवि ऋण तिर्न २० लाख विनियोजन गरेको छ ।

कमेन्टहरु
Loading...