बारका पदाधिकारीले भने,’प्रधानन्यायाधीश नेतृत्वको सरकार बनाउनु हुँदैन’

११ फागुन, काठमाण्डौ । नेपाल बार एशोशिएसनका पदाधिकारीहरुले बहालवाल प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्न नहुने सुझाव दिएका छन् । चुनावी सरकार गठनका विषयमा प्रधानमन्त्री डा बाबुराम भट्टराईसहित प्रमुख चार दलका नेताहरुसंग शुक्रवार सिंहदरबारमा भएको छलफलमा बार एसोसिएसनका पदाधिकारीहरुले रेग्मीको नेर्ततवमा चुनावी सरकार गठन गर्न नहुने सुझाव दिएका हुन् । उनीहरुले रेग्मीको नेतृत्वमा सरकार गठन भए त्यसलाई स्वीकार नगर्ने समेत वताएका छन् ।

बारका पदाधिकारहीहरुले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठनका लागि दलहरुले गरेको प्रयासवारे प्रधानमन्त्री भट्टराईसहित प्रमुख चार दलका नेताहरुसंग छलफल गरेका हुन् । बारका पदाधिकारीहरुले यसअघि पनि बहालबाला प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्न नहुने बताउँदै आएका थिए । cp. onlinekhabar

कमेन्टहरु
Loading...