‘पोखरा महोत्सव’को तयारी तिब्र

पोखरा, ५ पुस/यूनाइटेड क्लब पोखराको आयोजनामा हुन लागेको तेस्रो ‘पोखरा महोत्सव २०६९’ तयारी तिब्र पारेको आयोजकले जानकारी दिएका छन् । पुस २४ गतेदेखि आयोजना हुने महोत्सवको तयारीलाई तिब्र पारिएको आज पोखरामा आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । महोत्सव पुष २४ देखि माघ ३ गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए ।

‘युवाको जाँगर, राष्ट्र निर्माणको आधार’ मूल नाराका साथ आयोजित महोत्सवमा २ सय २० व्यवसायिक स्टल राखिने बख्रेलले बताए । महोत्सवमा १० करोड भन्दा बढीको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको अध्यक्ष बख्रेलको भनाइ छ । ६० लाख ५३ हजार आम्दानी गर्ने लक्ष्य राखिएको महोत्सव सम्पन्न गर्नका लागि ४३ लाख ८५ हजार खर्च लाग्ने आयोजकको अनुमान छ । महोत्सवको १ लाख ३० हजार दर्शकले अवलोकन गर्ने आयोजकको विश्वास छ ।

महोत्सवको आम्दानीको २५ प्रतिशत रकम कास्की जिल्लामा चिडियाखाना निर्माण गर्न खर्च गरिने पत्रकार सम्मेलनमा जानकारी दिए । त्यसै गरि नाफाको अन्य रकम स्वास्थ्य, शिक्षा र खेलकुद लगायत सामाजिक काममा खर्चिने योजना आयोजकको छ । पोखराको व्यवसाय, उद्योग, व्यापार, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न महोत्सवले सहयोग पु¥याउने आयोजकको अपेक्षा छ ।

कमेन्टहरु
Loading...