सरकारी कार्यालयमा कामकाज रोक्ने कार्यक्रम र रिले अनसन जारी

पोखरा, १ असोज/पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि दवाव दिन आव्हान गरिएको अनिश्चितकालिन गण्डकी र धौलागिरीका सरकारी कार्यालयमा कामकाज ठप्प पारिने कार्यक्रम आज पनि जारी रहने सरोकार समितिले जनाएको छ ।

गण्डकी, धौलागिरीका सम्पूर्ण सरकारी स्वामित्वमा रहेका संस्थान तथा सरकारी कार्यालयमा आज पनि काजकाज हनु नदिन विहान ९ बजेदेखि नै धर्ना दिने कार्यक्रम तय गरिएको छ । कास्की बाहेका अन्य जिल्लामा गठन भएको विमानस्थल निर्माण सरोकार समितिको अगुवामा सरकारी कार्यालयमा धर्ना दिएर कामकाज ठप्प पारिने बताईएको छ ।

विमानस्थल सरोकार समितिको अगुवाईमा पोखरेलीहरुले सरकारी कार्यालय अन्तर्गत शिक्षा, वन, हुलाक, पोखरा उपमहानगर पालिका, यातायात, साल्ट टे«डिङ, कृषि सामाग्री संस्थान, नेपाल टेलिकम, जिल्ला विकास समिति, मालपोत, आन्तरिक राजश्व कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय, विद्युत, लगायतका सरकारी कार्यालयको गेटमा नारावाजी सहित हिजो दिनभर धर्ना दिएका थिए भने आजपनि त्यसलाई निरन्तरता दिने सरोकार समितिले जानकारी दिएको छ । लेखनाथमामा गठन भएको सरोकार समितिको अगुवाई लेखनाथका सरकारी कार्यालयमा पनि धर्ना दिने कार्यक्रम आज पनि जारी रहनेछ ।

सरकारी कार्यालयमा कामकाज ठप्प पार्नको लागि पूर्वान्ह ९ बजे नै कार्यालय गेटमा धर्ना दिएर कर्मचारीलाई छिर्न दिएनन् । कसैले अटेर कार्यालय प्रवेश गर्ने तथा कामकाज संचालनमा ल्याउने प्रयास गरे कार्यालयमा तालाबन्दी समेत गर्ने चेतावनी दिएको छ । समितिले सर्वसाधारणलाई पनि सरकारी कार्यालयमा नजान अनुरोध गरेको छ भने आन्दोलनबाट पर्ने असहजप्रति सचेत रहन पनि सबैलाई आग्रह गरेको छ ।

आन्दोलनका क्रममा सुरक्षा निकाय, अस्पताल, जिल्ला प्रशासन, अदालत, बैंक तथा वित्तिय संस्थाहरुमा भने अवरोध नगरिले समितिले जानकारी दिएको छ । सरोकार समितिले धर्नाको लागि १, २, १६, नम्बरका बासिन्दालाई बगरको ट्याक्सीचोकमा, वडा नम्बर ३,४,९,१०,११,१२,१३,१४,१५, र १८ नम्बरका वडाबासीलाई पृथ्वीचोक र ५,६,७, ८ र १७ का वडा बासीलाई सहिदचोकमा ९ बजे भेला हनु अनुरोध गरेको छ ।

पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि थालिएको नागरिक दवाव अभियान अन्र्तगत भदौ २८ गते बेलुकादेखी सुरु गरेको रिले अनसन सोमबार पनि जारी छ । सोमबार विहान ८ बजेदेखि राती आठ बजेसम्म लेखनाथमा रहेको विभिन्न जातजाती, सामाजिक संघ संस्था, राजनीतिक दलहरुका प्रमुख, महिला समुहका प्रतिनिधि, व्यवसायी अनसनमा बस्नु भएको छ । अनसनमा ऋषि बुडाथोकी, ईन्द्रबहादुर थापा, प्रसान्त धमला, विमला थापा, डिल्लीरमण बाँस्तोला, मोहनबहादुर गुरुङ, उमा बाँस्तोला, राजकुमार ढकाल, टिकाराम सापकोटा, गोपालमान गुरुङ, जङ्गबहादुर गुरुङ, तिलकप्रसाद तिवारी, गोविन्द कर्माचार्य, राजेन्द्रमणि लामिछाने, हरि बराल, विनय थापा रहनु भएको छ ।

आईतबार राती ८ बजेदेखि विहान ८ बजेसम्म अनसनमा सुरेन्द्र श्रेष्ठ, माधव खतिवडा, गोविन्द खतिवडा, दीपेन्द्र रिमाल, राजन तिमिल्सेना, केशव तिमिल्सेना, जनकराज पराजुली, प्रदीपकुमार श्रेष्ठ, प्रेमबहादुर भुजेल, यमनाथ तिमिल्सेना, देवबहादुर भुजेल, लक्ष्मण न्यौपाने, मिनबहादुर अधिकारी, माया, श्रेष्ठ, ज्ञानबहादुर नेपाली, भुपेन्द्र गिरी र युवराज बस्नेत बस्नु भएको छ ।

कमेन्टहरु
Loading...