सातौं पोखरा पिस क्रिकेट कप शितलज्योति र कंक्रा क्वाटरफाइनलमा

पोखरा, ११ भदौ/पोखरा पिस क्लवद्वारा आयोजना भैरहेको सातौं पोखरा पिस क्रिकेट कप २०७० अन्तर्गत सोमवार २ खेल सम्पन्न भएका छन् । पहिलो खेल आयोजक रातो र शितलज्योति युवा क्लवबीच भएको थियो ।
उक्त खेलमा शितलज्योतिले आयोजक रातोलाई १ सय १८ रनले पराजित गरी क्वाटर फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी दोस्रो खेलमा कंक्रा क्रिकेट क्लवले योङ्ग ब्वाईज ११ लाई ५ रनले पराजित गरी क्वाटर फाइनलमा प्रवेश गरेको छ । टस जितेर पहिले फिल्डिङ्ग रोजेको योङ्ग ब्वाईजले कंक्रालाई १६ ओभरमा १ सय १९ रनमा समेटेको थियो ।
प्रतियोगिता अन्तर्गत मंगलबार २ खेल हुनेछन् । पहिलो खेल बिहान ९ः०० बजे स्याङ्गजा युनाइटेड स्याङ्गजा र अरण्यज्योति क्रिकेट क्लव पोखराका बीच हुनेछ भने दोस्रो खेल दिउँसो १ः०० बजे धौलागिरी क्रिकेट क्लव बाग्लुङ्ग र पेक (पोखरा इन्जिनियरिङ्ग कलेज) क्रिकेट क्लव पोखराका बीच हुने आयोजक क्लवका किरण पराजुलीले जानकारी दिए ।

कमेन्टहरु
Loading...