सहकारीद्धारा कास्कीमा फ्रेम उद्योग संचालन

कृपा भण्डारी
पोखरा, २ माघ/कैलाश बचत तथा क्रृण सहकारी संस्था लिमिटेडले कास्कीमा पहिलोपटक फ्रेम उद्योग संचालनमा ल्याएको छ । सहकारीले आज पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी फ्रेम उद्योग वारे जानकारी गराएको हो । विगतमा नेपालबाहिर बाट आयात गरिने फ्रेमका कच्चा पदार्थ र रेडिमेड फे्रमलाई चर्को मुल्यमा खरिद गर्न बाध्य उपभोतmाहरुका लागि फे्रम उद्योग संचालन भएपछि केहि राहत महशुश हुने सहकारीले जनाएको छ ।

फोटोग्राफर संघ कास्कीले सन्चालन गरेको सहकारीको बारेमा जानकारी दिदै
फोटोग्राफर संघ कास्कीले सन्चालन गरेको सहकारीको बारेमा जानकारी दिदै

उद्योग सन्चालनका लागि सहकारीले आफनै जग्गा खरिद गरी ११ लाख ४० हजारको ट्रष्ट निर्माण गरी ३० लाख मेशिनरी सामान सहित कुल ८६ लाख ६९ हजार लगानि गरेको छ । नेपालका छिमेकी देशहरुबाट रेडिमेड फ्रेम, शिशा, प्लाई, लिस्टी चर्कोे मुल्यमा आयात गर्दा आफुहरु मारमा परेको बताउदै सहकारीले फ्रेम उद्योगको आवाश्यकता महशुश गरी उद्योग स्थापनामा जोड दिएको सहकारीका अध्यक्ष नविनराज पौडेलले जानकारी दिनुभयो ।

अन्य ठाउँबाट खरिद गरेको फ्रेमभन्दा उद्योगबाट खरिद गरिएका फ्रेमहरुमा २० प्रतिशत कम सहुलियत दर पाईने सहकारीका सचिव जीवन ढुङगानाले जानकारी दिनुभयो । फ्रेम उद्योगको माघ ४ गते विधिबत रुपमा सचिव ढुङगानाको भनाई छ ।

फोटोग्राफर संघ कास्कीले सन्चालन गरेको सहकारीले सन्चालन गरेको फेम उद्योगमा काम गर्दै
फोटोग्राफर संघ कास्कीले सन्चालन गरेको सहकारीले सन्चालन गरेको फेम उद्योगमा काम गर्दै
कमेन्टहरु
Loading...