राष्ट्रिय औद्योगिक मेलाको तयारी तिब्र, मुख्य आक्रषण चाइना पेभेलियन

पोखरा, १० मंसिर/ मेला र महोत्सवको प्रवर्तक पोखरा उद्योग वाणिज्य संघको आयोजना मंसिर २१ गतेदेखि पौष १ गते सम्म सन्चालन हुने मेलाको मुख्य आक्रषर्ण चाइना पेभेलियन हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलनको आयोजना गरि मेलाको तयारी तिब्र रुपमा अगाडी बढेको बताउदै मेलाको मुख्य आक्रषर्ण चाइना पेभेलियन हुने जानकारी दिएको हो । राष्ट्र चीनमा उत्पादित सामाग्रीको प्रदर्शनीको लागि १० वटा स्टलमा चाइना पेभेलियनको ब्यवस्था गरेको पोखरा उद्योग वाणिज्य सघंका अध्यक्ष संजिब बहादुर कोइरालाले जानकारी दिए ।

उच्च आर्थिक वृद्धिको दिशामा अगाडि बढेको चीन र त्यहाँ निर्मित बस्तु तथा सेवाको प्रदर्शनले उद्यमशिलताको विकासका साथै किनमेलमा सहजता प्रदान गर्ने कोइरालाले बताए । पोखराको नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा सन्चालन हुने राष्ट्रिय औद्योगिक व्यापार मेलामा अत्याधुनिक डोममा निर्मित विशेष प्रकारका स्टलहरु सहित २ सय ६७ वटा स्टल रहने सघंका कोइरालेले जानकारी दिए ।

मध्ये डोममा ७८, रेष्टुरेष्ट १५, अटो ४५, मेड इन नेपाल पेभेलियनमा २०, पोखराका उत्पादन, पर्यटन, कृषि तथा हस्तकलामा ४०, प्mलोरिकल्चरमा ८ र बाँकी साधारण स्टल रहने छन् । मेला सम्पन्न पोखरा उद्योग बाणिज्य संघका अध्यक्षको अध्यक्षतामा मूल समारोह तथा कार्यसम्पादन समितिसहित १७ वटा विभिन्न उपसमितिहरु गठन गरेको जानकारी दिएको छ ।

मेलामा औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उद्देश्यले मेलो आयोजना गरिएको अध्यक्ष कोइरालाले बताए । मेलामा हस्तकला मेला, कृषिमेला, पूष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुको गतिविधीहरुको प्रदर्शनी लगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान समाबेस हुने आयोजकले जानकारी दिएका छन् ।

मेलाको थप आकर्षण बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त व्याण्डहरुको सांगितिक कार्यक्रम, लोकनृत्य प्रतियोगिता, प्रवेश टिकटमा दैनिक रुपले पुरस्कारको व्यवस्था, उत्कृष्ट स्टललाई पुरस्कार, बालउद्यान तथा साथमा स्थापित हाँस्य कलाकारहरुद्वारा मनोरञ्जनात्मक कार्यक्रमहरु समावेश रहने छन् ।

मेला सम्पन्न गर्न करिब ६० लाख लाग्ने र करिब ९० लाख रुपैया आम्दानी हुने आयोजको अनुमान छ । टिकट बिक्रीबाट प्राप्त रकमबाट विगतका वर्षहरुमा थालिएको पोखरामा दमकल खरिदका लागि प्रति टिकट २, बालश्रम न्यूनिकरण कार्यक्रमको लागि १, महेन्द्रपूल झोलुङ्गे पुल निर्माणका १, र सहारा क्लवले दोविल्लामा निर्माण गर्न लागेको सहारा एकेडेमीलाई प्रति टिकट १ रुपैया सहयोग गर्ने भएको छ ।

कमेन्टहरु
Loading...