नागरिक दैनिकका सम्पादक प्रधानको गाडीमा आक्रमण

काठमाडौ, २३ पुस/नागरिक दैनिकका प्रधान सम्पादक प्रतीक प्रधानको कारमाथि अज्ञात समूहले आक्रमण गरेको छ। मंगलबार साँझ बानेश्वर(भीमसेनगोलामार्गमा प्रधानले चलाएको बा५च ३९५९ नम्बरको गाडीमा तरबार, हक्की स्टिक र लाठीले एक्कासी आक्रमण गरेको प्रधानले बताए ।

तीन( चारवटा मोटरसाइकलमा आएका आक्रमणकारीले गाडीको अगाडीको सिसा फोड्न नसके पछि पछाडिपट्टिको सिसामा प्रहार गरेका थिए। आक्रमणबाट गाडीको सिसा फुटेको छ। राति अबेरसम्म पनि प्रधानलाई आक्रमण गर्ने पक्राउ नपरेको प्रहरीले जनाएको छ। यसैबीच घटनालगत्तै सम्पादक प्रधानले महानगरीय प्रहरी वृत्त, बानेश्वरमा आक्ररमणबारे निवेदन दिएको बताए । प्रहरीले आक्रमणकारीको खोजि भइरहेको बतायो।

कमेन्टहरु
Loading...