प्रधानन्यायाधीशको नेतृत्वमा सरकार संविधान विपरितः बार

२ फागुन, काठमाडौं । नेपाल बार एशोसिएनले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउनु संविधान र शक्ति पृथकीकरणको सिद्धान्त विपरित हुने बताएको छ ।

नव निर्वाचित कार्यसमितिको आज बसेको पहिलो बैठकले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने दलहरुको प्रस्तावप्रति आपत्ति जनाएको छ ।

बैठकपछि महासचिव सुनिलकुमार पोखरेलद्वारा जारी विज्ञप्तिमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको नेतृत्व एउटै व्यक्तिले गर्न नसक्ने भन्ने शक्ति पृथकीकरणको आधारभूत सिद्धान्त विपरित चुनावी सरकार नबनाउन आग्रह गरिएको छ । साथै वर्तमान संवैधानिक व्यवस्था र संविधानवादको सिद्धान्तको उपेक्षा नगर्न सम्पूर्ण राजनीतिक दल र नेताहरुको ध्यानाकर्षण गराउन गराइएको छ ।

कमेन्टहरु
Loading...