प्रचण्ड- रेग्मीवीच वार्ता चीन जानुअघि लाजिम्पाटमा भीडभाड

३१ चैत, काठमाडौं । एकीकृत माओवादी अध्यक्ष प्रचण्ड र अन्तरिमचुनावी मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीवीच शनिबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा चुनावको मिति तोक्ने लगायतका विषयहरुका साथै भोलिदेखि हुने प्रचण्डको चीनभ्रमणका विषयमा पनि छलफल भएको लाजिम्पाट स्रोतले अनलाइनखबरलाई बतायो ।

prachanda-and-khilraj
यसैवीच प्रचण्डको चीन भ्रमणको अघिल्लो दिन चीन जान लागेपछि शनिबार बिहानैदेखि उहाँलाई भेट्न लाजिम्पाट जानेहरुको भीड बढेको छ । चीन भ्रमणका बेला उठाउनुपर्ने एजेन्डा लिएर मानिसहरु प्रचण्डलाई भेट्न आएको उहाँका सहयोगी शिव खकुरेलले अनलाइनखबरलाई बताउनुभयो । खकुरेलका अनुसार नेपा चेम्बर्स अफ कमर्सका प्रतिनिधिहरुले पनि अध्यक्ष प्रचण्डलाई भेटेर द्वीपक्षीय व्यापार व्यवसायमा देखिएका समस्याहरु चीन सरकारसमक्ष राखिदिन आग्रह गरेका छन् ।
स्रोतअनुसार आइतबार बिहान साढे ११ बजे एमाओवादी अध्यक्ष प्रचण्ड चीन जाने कार्यक्रम छ । भ्रमण टोलीमा पत्नी सीता, भूडामणि खड्का, सन्तु दराईलगायत रहने स्रोतले अनलाइनखबरलाई बतायो । cp. onlinekhabar

कमेन्टहरु
Loading...