११ दिनपछि पारसको होस खुल्यो

१९ फागुन, काठमाण्डौ । हृदयघात भई बैंककमा उपचार गराइरहेका पूर्व युवराज पारसको होस खुलेपछि मान्छे चिन्न थालेका छन् । समितिभेज अस्पतालाका कार्डियोलोजिष्ट डा मान चान्दाभिमोलाद्वारा जारी विज्ञप्ति अनुसार उनका सम्पूर्ण शरिरका अंगहरु चल्न थालेका छन् । यद्यपी उनी भेन्टिलेटरकै सहायतामा उपचाररत छन् । हृदयघातपछि बेहोस अवस्थामा उपचाररत पारसको ११ दिनपछि होस खुलेको हो ।पूर्वयुवराज पारसको होस आएको र मान्छे चिन्न थालेको खबर डाक्टरले प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गर्दा पूर्वराजा ज्ञानेन्द्र भने अस्पतालभन्दा केही टाढा भेटघाट कार्यक्रममा व्यस्त रहनुभएको थियो । गत फेब्रुअरी १९ मा हृदयाघात भएपछि चिन्ताजनक अवस्थामा अस्पताल भर्ना हुनुभएका पारसलाई भेट्न यतिबेला पूर्वराजा ज्ञानेन्द्र, पूर्वराजी कोमलसहित पारस पत्नी हिमानी, छोराछोरी र राजपरिवारका अन्य सदस्यसमेत बैंककमै हुनुहुन्छ ।
पारसको हेरचाहमा संलग्न आफन्त डाक्टर राजीव शाहीले पनि परासको होस खुलेको बताउनुभएको छ । तर, पारसले बोल्न थालेको या नथालेको भन्ने चाँहि बेलुकासम्म मात्रै थाहा हुने डा. राजीवले अस्पतालमा परिसरमा रहेका अन्य शुभेच्छुकलाई जानकारी दिएको स्रोत बताउँछ । पारसको होस खुलेपछि उहाँलाई अस्पताल पुर्याउने एनआरएनका महासचिव सुनिल खड्काले खुशी व्यक्त गर्दै उहाँ निको भएर स्वदेश फर्कने कामना गर्नुभएको छ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...