फेवातालमा ७ वटा प्याराग्लाइडिङ खसे, दुईको उद्धार

सागर राज तिमिल्सिना
पोखरा, १८ फागुन/पोखरामा सञ्चालन भएको प्याराग्लाइडिङ प्रतियोगिताका प्रतिश्पर्धी पाइलट दुर्घटनामा परेका छन् । पाइलट सहित उडिरहेका ८ वटा ग्लाइडर दुृर्घटनामा परेका हुन् । ती मध्ये ७ वटा फेवातालमा खसेका छन् भने एउटा अर्मलामा रुखमा अड्केको छ ।
कास्कीका प्रहरी प्रमुख एसपी घनश्याम अर्यालका अनुसार बेगसित चलेको हावाले ग्लाइडर उडिरहेका ग्लाइडर एकैपटक तालमा खसालेको थियो । उनीहरुको अहिले उद्धार भइरहेको उनले बताए । फेवातालमा खसेका मध्ये २ जनाको जिवितै उद्धार गरिएको छ । अर्मलामा रुखमा अड्केका पाइलट जिवित रहेको प्रहरीले जनाएको छ । तालमा खसेका पाँचजनाको उद्धार चलिरहेको छ ।
नेपाल हवाई खेलकुद संस्थाले पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताका संयोजक कृष्ण भण्डारीले हावाले आकाशमा उडिरहेका पाइलटलाइ एकैपटक खसालेको बताए ।

कमेन्टहरु
Loading...