रेग्मीको विरोधमा पापडको र्‍याली

१० जेठ, काठमाण्डौं । मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशको पदबाट राजिनामा दिनुपर्ने माग गर्दै आन्दोलन गरिरहेको विभिन्न पेशागत संघसंस्थाहरुको संजाल पापडले आज विरोध र्‍याली निकाल्ने भएको छ ।

रेग्मीले प्रधानन्यायाधीशको पदबाट राजिनामा दिनुपर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखबाट लोकमान सिंह कार्कीलाई हटाउनु पर्ने र निर्वाचनको उपयुक्त वातावरण सिर्जना गरी तत्काल मिति घोषणा गर्नुपर्ने आफ्ना माग तत्काल पुरा गर्न माग गर्दै दवाव मुलक र्‍याली निकाल्न लागिएको पापडले जनाएको छ ।

र्‍याली दिउँसो साढे ३ बजे शान्ति बाटिकाबाट शुरु भई वसन्तपुरमा पुगेर विरोधसभामा परिणत हुनेछ । cp.

कमेन्टहरु
Loading...