यसरी भयो बस दुर्घटना, पाल्पामा बस दुर्घटना १४ को मृत्यु (अपडेट)

सागर राज तिमिल्सिना
पोखरा, २३ माघ /पोखराबाट भैरहवा जादै गरेको यात्रु बाहक बस पाल्पाको चिडिपानी २ भालुखोलामा दुर्घटना हुदा १४ जनाको मृत्यु भएको छ । लु १ ख ४९२४ नम्बरको बस राती २ बजे दुर्घटना हुदा १२ जनाको घटनास्थलमै र दुई जनाको लुम्विनी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।दुर्घटनामा ६ जना घाईते भएका छन् । घाईतेलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज र मिसन अस्पताल पाल्पामा लगिएको छ । दुर्घटनाका बारेमा थप विवरण आउन बाकि छ भने उद्धारको लागि प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासीन्दा खटिएका थिए । बसमा करिब २५ जना यात्रु रहेको अनुमान छ ।

घाईते सबैको अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । राती २ बजे दुर्घटना भएपनि सुनसान ठाउँमा भएका कारण विहान मात्रै दुर्घटनाको बारेमा जानकारी आएको प्रहरी नायब उपरिक्षक शिब कुमार श्रेष्ठले जानकारी दिए । सडकबाट करिब ३ सय मिटर तल खोलामा खसेको बस पूर्ण रुपमा क्षतिग्रस्त छ ।

यसरी भयो दुर्घटना

पोखराबाट बुटवल जादै गरेको यात्रु बाहक बस पाल्पाको चिडिपानी २ भालुखोलामा दुर्घटना चालक निदाएका कारण भएको घाईतेहरुले बताएका छन् । घुम्ती बाटोमा चालक निदाएका कारण दुर्घटना हुन पुगेको पोखरा न्युरोडकी २८ वर्षिया चन्दा ओलीले जानकारी दिइन् । उनले बसका यात्रु सबै जसो निदाएको बताउदै चालक पनि झकाउदा दुर्घटना भएको ओली बताइन् । उनले बस बाटो विराए तल खस्न थाले पछि सबै झस्कदै कराउन थालेका थिए । बस पल्टीएर टुक्रा टुक्रा भयो । धेरै जसो बचाउ बचाउ भन्दा भन्दै मृत्यु भयो । म पनि कराउदा कराउदा बचाउने आएको वलीले बताइन् । पोखराबाट ८ जना यात्रुले टिकट काटेरको देखिए पनि बसमा करिब २५ जना यात्रु रहेको घाईतेहरुले बताएका छन् ।

कमेन्टहरु
Loading...