डिजेल, पेट्रोल र मटितेलमा प्रतिलिटर १० रुपैयाँले घट्यो

काठमाडौं, १९ चैत/ नेपाल आयल निगम लिमिटेडले डिजेल, पेट्रोल र मटितेलमा मूल्य घटाएको छ ।

कोरोनाका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आए पछि पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।

पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम गरेको छ भने डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटर भएको छ ।

कमेन्टहरु
Loading...