५२ औ नर्सिङ्ग दिवसको अवसरमा पद्य नर्सिङ्ग होममा शुभकामना आदान प्रदान

पोखरा १५ माघ/राष्ट्रिय नर्सिङ्ग दिवसको अवसर पारेर पद्य नर्सिङ्ग होममा कार्यरत नर्सहरुले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन । ५२ औ नेपाल नर्सिङ्ग दिवसको अवसर पारेर आयोजित कार्यक्रममा वोल्दै पद्य नर्सिङ्ग होमका मुटुरोग विशेषज्ञ डाक्टर नारायण गौतमले नर्सिङ्ग होममा कार्यतर सम्पूर्ण नर्सहरुलाई नर्सिङ्ग दिवसको अवसरमा शुभकामना ब्यक्त गर्दै स्वास्थ्य संस्थामा नर्सहरुको भूमिका महत्वपूर्ण रहने वताउनुभयो । नर्सबिना डक्टरहरुको पहलमा मात्रै विरामी पूर्ण स्वस्थ हुन नसक्ने उहांको भनाइ थियो ।

नर्सिङ्ग दिवस
नर्सिङ्ग दिवस

त्यस्तै पद्य नर्सिङ्ग होम प्रालिका संचालक समिति सदस्य जगत खड्काले नर्सहरुकै पहलमा बिरामी निको हुने हुँदा उनीहरुको सेवा प्रभावकारी हुनुपर्ने जीकिर गर्नुभयो । पद्य नर्सिङ्ग होम स्कुल अफ नर्सिङ्ग क्याम्पसका क्याम्पस प्रमुख इन्दु थापाले नर्स पेशा महिलालेनै नेतृत्व गरेको नेपालको एकमात्र पेशा भएको वताउदै यसलाई मर्यादित भएर आफ्नो जिम्मेवारी वहन गर्नुपर्नेमा नर्सहरुलाई सचेत गराउनुभयो । महिलाहरु नम्र स्वभाव र दयालु भावनाका हुने भएकाले पनि नर्सिङ्गमा महिलाहरुलाई मात्रै लिने गरिएको उहांको भनाइ रहेको थियो ।

नर्सिङ्ग दिवस
नर्सिङ्ग दिवस

पद्य नर्सिङ्ग होम प्रा लिका मेट्रोन रजनी पालिखेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पद्य नर्सिङ्ग हामका सहायक प्रबन्धक नरेन्द्र बास्तोला, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन पद्य नर्सिङ्ग होम ईकाइ कमिटिका अध्यक्ष जितेन्द्र पौडेल, सिसियू इन्चार्ज लक्ष्मी कुँवर, नर्सिङ्ग होमका तथ्याङ्क सहायक उमाकान्त रिजाल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा पद्य नर्सिङ्गहोममा स्थापना कालदेखि काम गर्दै आइरहेकी सिनियर स्टाफ नर्स खड्क कुमारी थापालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यसैविच पद्य नर्सिङ्ग होम स्कुल अफ नर्सिङ्ग कलेजले पनि नर्सिङ्ग दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन पद्य नर्सिङ्ग होम इकाइ कमिटिका सचिव कृष्ण आचार्यले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...