नायिका निशा अधिकारी सगरमाथाको चुचुरोमा

नायिका निशा अधिकारी मंगलबार विहान ८ बजे सगरमाथाको चुचुरोमा पाइला टेकेकी हुन् । गत चैत २७ गते काठमाडौंबाट सगरमाथा आरोहणको लागि १२ जना आरोहण दलका साथ सगरमाथा आरोहणका लागि प्रस्थान गरेकी नायिका अधिकारी आज विहान चुचुरोमा पुगेकी हुन् । अधिकारी आरोहीको सहयोगीको रुपमा सगरमाथा चढेकी हुन् । 

 नायिका निशा विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला राख्ने पहिलो नेपाली नायिका बनेकी छिन् । नायिका निशाले उक्त कीर्तिमान मंगलबार विहान ८ बजे राखेकी हुन् । नायिका निशा गत २४ चैतमा राजधानीबाट सगरमाथा चढ्न आधार सिबिर गएकी थिइन् । करिब ६० दिनको यात्रा अवधि तय गरेपश्चात नायिका अधिकारीले सगरमाथाको सफल आरोहण गरेकी हुन् । निशालाई सगरमाथा चढ्न मेघा बैंक, रोटरी क्लब अफ नागार्जुन र सेभेन सम्मिटले प्रायोजन गरेको थियो ।
अहिलेको व्यस्त नायिका निशा अधिकारीले सगरमाथा आरोहणका लागी सात पटकसम्म प्रयास गरेकी थिइन् । सगरमाथा आरोहण गरिसकेका टासी शेर्पासँग प्रशीक्षण लिएकी अधिकारीले सगरमाथा आरोहणका लागी करिब ३५ लाख लाग्ने बताएकी थिइन् । उनले आफूले उक्त रकमले चलचित्रको निर्माण गर्न सक्ने भएपनि नायीकाहरू सिनेमामा अभिनय मात्र नगरेर सगरमाथा पनि चुम्न सक्छन् भन्ने सन्देश विश्वभर दिनका लागी आफूले सगरमाथा चढ्नका लागि उक्त रकम लगानी गर्न लागेको बताएकी थिइन ।
उनले आफूले सगरमाथा आरोहण गर्नका लागि करिब दुई वर्षदेखी हिमाल आरोहणसम्बन्धी तालिमहरु तथा त्यसबारे जानकारीहरू समेत लिएको बताएकी थिइन् ।उनले सगरमाथा चढ्नका लागी विगत दुई वर्षदेखी तयारीमा जुटेको बताएकी नायिकाले अन्तत आज पाइला टेकेकी हुन् । अधिकारी भोली राजधानी फर्कने कार्यक्रम रहेको छ ।  cp. setopati.com
कमेन्टहरु
Loading...