च्याउ खाएर विरामी भएका ४ जनाको मृत्यु

 दैलेख, १ असोज/ विषालु च्याउ खाएर विरामी भएका दैलेखका एकै परिवारका चार जनाको उपचारका क्रममा मृत्यु भएको छ । भारतको लखनउ अस्पतालमा उपचाररत रहेका मनबहादुर गुरुङ, उनका छोरा अम्बर गुरुङ, छोरी मानकुमारी गुरुङ र बुहारी निर्मला गुरुङको उपचारका क्रममा मृत्यु भएको हो ।
गत भदौ २५ गते स्थानिय जंगलबाट ल्याएको च्याउको तरकारी खाएर विरामी भएका उनीहरुलाई २८ गते जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । अस्पतालले उपचारमा जटिल्दा उत्पन्न भएको भन्दै उपचारका लागि लखनउ लैजान रिफर गरेको थियो । लखनउ अस्पताल लैजानेक्रममा मानकुमारीको बाटैमा मृत्यु भएको थियो भने निर्मलाको दैलेखमै उपचारका क्रममा मृत्यु भएको थियो । दुई बाबुछोराको भने उपचारका क्रममा लखनउमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दैलेखले जनाएको छ ।

कमेन्टहरु
Loading...