अपाङगता ब्यतिmको लागि बोसिया खेल सम्पन्न

कृपा भण्डारी
पोखरा, २० फागुन/अपाङगता भएका ब्यतिmहरुका लागि काम गर्ने संस्था बोसिया संघले पोखरामा पश्चिमान्चल स्तरीय बोसिया खेल प्रशिक्षक प्रशिक्षण, खेलाडिलाई प्रशिक्षण दिएको छ ।  पोखराको रंगशालामा फागुन १८ गतेबाट सुरु भएको खेल आज सम्पन्न भएको हो । तिनदिनसम्म विभिन्न चरण गरि खेलाईएको खेलमा विभिन्न विद्याका गरि १२ जना विजयी बनेका छन् । जसअन्र्तगत मस्कुलर डिस्टविमा भएको जोडि खेलमा कपिल बिक र राजेश बराल प्रथम भएका छन् भने सविन राउत र विष्णु परियार द्धितिय भएका छन् । त्यस्तै समुहगत खेलमा मिलन गुरुङ, विकि गुरुङ र निमन अधिकारी सम्मिलित टोली प्रथम भएको छ भने अर्मिला छन्त्याल, अनमोल गुरुङ, मनिषा गुरुङ सम्मिलित टोली द्धितिय भएको छ ।

विजयी टोलीहरुलाई कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोईरालाले पुरस्कृत गर्नुभएको थियो । तिन दिनसम्म चलेको खेलमा कुल २० जना खेलाडिले सहभागिता जनाएका थिए । कार्यक्रमा कोईरालाले बोसिया खेलले मस्तिष्क पक्षघात भएका ब्यतिmहरुका लागि खेल सिकाउने मात्र नभई जिवनमा नयाँ उर्जा थप्ने काम गरेको भन्दै संस्थाको क्रियाशिलताका लागि शुभकामना दिए ।

पहिलोपटक पश्चिमान्चल क्षेत्रमा खेल खेलाएको बोसिया संघले यसपछि धनगढिमा कार्यक्रम संचालन गर्ने भएको छ । विशेष गरि मष्तिष्क पक्षघात भएकाहरुका लागि मनोरन्जन साथै शारिरिक चुस्तता दिलाउन पनि कार्यक्रम आयोजना गरिएको बोसिया संघका केन्द्रिय उपाध्यक्ष धुनलाल गैरेले जानकारी दिए ।

कमेन्टहरु
Loading...