दुई दिने तालिम शुरु

पोखरा, २६ जेठ/पोखरा – १३ स्थित महिला तथा बाल उत्थान मञ्च कास्कीको आयोजना तथा पोखरा उपमहानगरपालिका कार्यालयको सहयोगमा दुई दिने नेतृत्व निर्माण तथा व्यवस्थापन एवं कानुनी साक्षरता सम्वन्धी दुई दिने तालिम आइतबारदेखि शुरु भएको छ । तालिममा एक सय जना महिलाहरुको सहभागीता रहेको छ ।

तालिममा रिता गुरुङ, पोखरा उपमहानगरपालिका कार्यालय शहरी गरिवी न्युनिकरण तथा सामाजिक परिचालन शाखाकी प्रमुख दुर्गा न्यौपाने र अधिवत्ता इन्द्र पौडेलले सहजीकरण गर्ने छन् । तालिमको उद्घाटनगर्दै पोखरा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत झलकराम अधिकारीले महिलाहरुका लागि तालिम निकै उपयोगी बन्ने विश्वास व्यक्त गरे ।

त्यसअवसरमा नेपाली काङ्ग्रेसकी महिला नेतृ शारदा पौडेल, नेपाली काङ्ग्रेस वडा इकाई समिति पोखरा–१३ का सभापति बजिरमान श्रेष्ठ, जनकल्याण समितिका अध्यक्ष लोकबहादुर कार्की, समाजसेवी जुनु श्रेष्ठ, पोखरा उपमहानगरपालिका कार्यालय शहरी गरिवी न्युनिकरण तथा सामाजिक परिचालन शाखाकी प्रमुख दुर्गा न्यौपाने, पोखरा – १३ वडा कार्यालयका सचिव प्रकाशचन्द्र शर्मा, संस्थाकी सहसचिव पुष्पाञ्जली कर्माचार्य, संस्थाका सल्लाकाहार नवीन सिग्देल लगाएतले तालीमका बारेमा चर्चा गरेका थिए । महिला तथा बाल उत्थान मञ्च कास्कीका अध्यक्ष विष्णु कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रामकुमारी पौडेलले स्वागत र सदस्य मिरा सिग्देलले कार्यक्रम संचालन गरेकी थिईन्।

कमेन्टहरु
Loading...