परीक्षा केन्द्राध्यक्षहरुका लागी कार्याशाला गोष्ठी

पोखरा १२ वैशाख/उच्च माध्यामिक शिक्षा परिषद द्धारा सञ्चालन हुने वार्षिक परीक्षा २०७० को परीक्षा ब्यवस्थापन सम्वन्धी कार्याशाला गोष्ठी पोखरामा सम्पन्न भएको छ । कार्याशाला गोष्ठीमा वोल्दै जनप्रिय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख माधव वियोगीले परीक्षालाइ मर्यादित बनाउन केन्द्राध्यक्षको विशेष भूमिका हुने वताए ।

परीक्षा अमर्यादित हुने काम केन्द्राध्यक्षको कमजोरीका कारण हुने भएकाले आगामी दिनमा हुने उच्च माविको परीक्षा मर्यादित वनाउनका लागी सम्पूर्ण केन्द्राध्यक्षहरुले विशेष भूमिका निभाउनुपर्ने वताए । उनले भने कही कतै केन्द्राध्यक्षको कमजोरीका कारण परीक्षामा सहभागी विद्यार्थीहरुले अमर्यादित काम गर्ने गरेको र त्यसमा परीक्षा कोठामा वस्नेगार्ड र केन्द्राध्यक्षको विशेष हात हुने गरेको पाइएको छ ।

परिषदले केन्द्र तोकेको भरमा केन्द्राध्यक्ष नभइकन विशेष भूमिका निभाएर परीक्षालाइ मर्यादित वनाउन गोष्ठीमा सहभागी केन्द्राध्यक्षहरुको वियोगीले आग्रह गरेका छन । आगामी वैशाख १७ देखि हुने परीक्षालाइ मर्यादित वनाउनका लागी उच्च मावि शिक्षा परिषदले निरन्तर अनुगमन गर्नुपर्नेमा समेत उनको जोड रहेको थियो । उच्च मावि शिक्षा परिषद पोखराका कार्यालय प्रमुख रमेश अधिकारीको सभापतित्वमा समपन्न कार्यक्रममा कास्की, स्याङ्गजा, पर्वत, मनाङ र मुस्ताङ गरी ५१ जना केन्द्राध्यक्षहरुको सहभागीता रहेको थियो ।

 

कमेन्टहरु
Loading...