नयाँ वर्षमा बृद्धाश्रमलाई सहयोग

पोखरा, १ बैशाख /अन्य युवायुवातीहरुले नयाँ वर्षलाई विभिन्न तरीकाले मनाई रहदा लेखनाथ २ रिठपानीका युवायुवतीले बृद्धबृदालाई सहयोग गरेका छन् । लेखनाथ नगरपाली २ रिठेपानीमा रहेको राइजीङ्ग स्टार युथक्लबका सदस्यहरुले बृद्धबृदालाई सहयोग गरि नयाँ वर्ष मनाए । उनिहरुले लेखनाथमा रहेको राधाकृष्ण बृद्धाश्रमका बृद्धबृद्धालाई सहयोग गरेका हुन् ।

राइजीङ्ग स्टार युथक्लबले २३ हजार ५ सय १ रुपैया नगद र १५ हजार बराबरको जिन्सि सामाग्री प्रदान गरेका हुन् । सहयोग सामाग्री तथा सहयोग रकम क्लबका संस्थापक अध्यक्ष पुर्ण कुमार गुरुङले राधाकृष्ण बृद्धा आश्रमका अध्यक्ष प्रेम लिगललाई हस्तान्त्ररण गरेका थिए । कार्यक्रममा लिगलले विभिन्न संघ संस्थाको सहयोगले आश्रम सन्चालनमा आएको बताएदै क्लबको सहयोगले आश्रम सन्चालनमा सहयोग पुग्ने बताएका थिए ।

उनले सहयोगले आश्रम सन्चालनमा उत्साह थपको बताए । कार्यक्रमा क्लबका अध्यक्ष योगेश गुरुङ, सचिब श्याम खनाल, निर्वतमान अध्यक्ष कृष्ण गुरुङ लगाएतले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताए । क्लबले विभिन्न सामाजीक कार्यहरु सन्चालन गर्दै आएको छ । आश्रममा २५ महिला र १२ पुरुष गरि ३७ जना बृद्धबृदा बस्दै आएका छन् ।

कमेन्टहरु
Loading...