फेवा सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिक साधारणसभा

पोखराको सृजनाचोकमा रहेको फेवा सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिक साधारणसभा आज पोखरामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा राष्ट्रिय सहकारी बैँक लिकिटेडका सहसंयोजक तुलसीप्रसाद गुरुङले एउटै व्यक्ति धेरै सहकारीमा आवद्ध हुने गर्दा सहकारीमा सर्वसाधारणको अन्धविश्वास बढेको बताउनुभयो । उहाँले सदस्यहरुमा सहकारीको सिद्धान्त नितान्त आवश्यक रहेको पनि बताउनुभयो । कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष रबी रोमण तिवारी, कास्की बचत तथा ऋण सहकारीका सञ्चालक सुदिप ढकाल, फेवा सहकारीका सल्लाहकार देव बहादुर थापा, सञ्चारकर्मी कमल पौडेल अथक, सुष्मा पौडेल, शेयर सदस्य हरिशचन्द्र पौडेल, कास्की बतच तथा ऋण सहकारी संस्थाका सहकोषध्यक्ष केदारनाथ न्यौपाने, शेयर सदस्य तथा समाजसेवी हुमनाथ पौडेल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा सचिव हरिभक्त पौडेलले १३औा वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०६८÷०६९ मा भए गरेका कार्यनितिको प्रगति विवरण तथा आर्थिक वर्ष २०६९÷७० का लागि प्रस्तावित वार्षिक निति तथा कार्यक्रम्को प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष सम्मर बहादुर श्रेष्ठले आर्थि वर्ष २०६८÷०६९ को आयव्यय विवरण तथा आर्थिक वर्ष २०६९÷७० का लागि प्रस्तावित वित्तिय लक्ष्य तथा बजेटको प्रतिवेदन प्रस्तुत गर्नुभएकाृ थियो । प्रस्तुत सचिव र कोषाध्यक्षको प्रतिवेदनलाई बन्द शत्रमा पारित गरिइएको थियो । कार्यक्रममा लगनशिल र इमान्दार कर्मचारीहरुलाई पनि सम्मान गरिइएको थियो । फेवा सहकारी संस्थामा अहिले महिला १७४ र पुरुष ३०६ गरी ४८० कर्मचारीहरु कार्यरत रहेका छन् । संस्थाको निक्षेप संकलन २० करोड र कर्जा लगानी ८ करोड रहेको छ । कार्यक्रम फेवा सहकारीका अध्यक्ष नारायण प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कमेन्टहरु
Loading...