इण्डो नेपाल क्रिकेट डेभलोपमेन्ट फाउण्डेसनको अन्तरक्रिया

चैत्र २४, पोखरा/इण्डो नेपाल क्रिकेट डेभलोपमेन्ट फाउण्डेसनले पोखराको चिप्लेढुङगामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नयाँ वर्ष २०७० को अवसरमा आयोजना गर्न लागेको क्रिकेट प्रतियोगिताको प्रचारका लागि सो कार्यक्रम गरिएको फाउण्डेसनका अध्यक्ष दिनेश कुमारले जानकारी दिनुभयो ।

क्रिकेट विकास राष्ट्र विकास भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा क्रिकेट खेल प्रेमी, स्थानीयवासी तथा क्लवका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । इण्डो नेपाल क्रिकेट डेभलोपमेन्ट फाउण्डेसनले आगामी बैशाख १ गतेबाट पोखराको अमरसिंह खेल मैदानमा सिपीएल टि–ट्वान्टी क्रिकेट प्रतियोगिता गर्दैछ ।

कमेन्टहरु
Loading...