निजामति कर्मचारीको सङ्घको चौथौ महाधिवेशन पोखरामा

पोखरा, २० पुस/नेपाल निजामती कर्मचारी सङ्घको चौथौ केन्द्रीय महाधिवेशन पोखरामा हुने भएको छ । सेवासँगै मुस्कानको अभियान लिएर भन्ने मुल नाराका साथ हुने महाधिवेशन पुस २६, देखि २८ गतेसम्म चल्ने छ । महाधिवेशनमा प्रतिनिधि र पर्यवेक्षक गरी पाँच सय जनाको सहभागिता रहने छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुको साथै निजामति कर्मचारीहरुको समस्याका बारेमा छलफल हुने छ । महाधिवेशन सम्पन्न गर्नका लागि पोखरामा शिवप्रसाद गौतमको संयोजकत्वमा स्थानीय तयारी समिति गठन गरिएको छ भने विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ ।

जसमा सुर्य तिवारीको संयोजकत्वमा अर्थ, डार्विन लम्सालको संयोजकत्वमा आवास तथा भोजन, शिव अधिकारीको संयोजकत्वमा प्रचार प्रसार र कृष्ण सोतीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ । महाधिवेशनको मिति नजिकिदै जादाँ तयारीलाई तिव्र पारिएको स्थानीय तयारी समितिका संयोजक गौतमले जानकारी दिए ।

कमेन्टहरु
Loading...